एमसीसीको टुंगो लगाउन सचिवालय बैठक आज बस्दै, के गर्ला त नेकपाको सचिवालयले ?

5ebe23066c000 xsachibalaya2020 05 15 09 59 01.jpeg.pagespeed.ic.kkdotgkrmj

काठमाडौँ । संविधान संशोधन भएलगत्तै एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन आज अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।

संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

नेकपा भित्रै एमसीसी पारित गर्न नहुने भन्दै आवाज उठिरहेको छ । यसअघि जेठ १७ गते नेकपा सचिवालय बैठक बसेको थियो । एमसिसि संशोधन नगरी पास गर्न नहुने नेकपाका केही नेताहरुको अडान छ ।

सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।

 

 

प्रतिकृया दिनुहोस