आत्महत्याको धम्की दिँदै यसरी बाहिरिन् सरिता गिरी (भिडियाेसहित)

Sarita giri 31

काठमाडौं । समाजबादी पार्टीकी सांसद सरिता गिरीको प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् ।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी छन् ।

संसदबाट बाहिरिने क्रममा गिरीले आत्माहत्या गर्ने धम्की दिएकी छिन । उनले भनिन, ‘म महिलाको रूपमा बोल्दैछु– या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो । महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ,’ उनले भनिन् ।

उनले थप भनिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’ गिरीले भनिन, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्यो ।

महिलाहरूले निर्माण गर्नुभयो।’उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन् ।

‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं । यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन,’ गिरीले भनिन् ।

प्रतिकृया दिनुहोस