भूमि फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता देखियो : सभापति देउवा

Sherbahadur deuba sansad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जहाँ भए पनि राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने बताएका छन् ।

शनिबार प्रतिनिधीसभाको बैठकमा बोल्दै उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले त्यो भूमि नेपालमा समेट्नु जायज र स्वभाविक भएको बताए ।

सीमाका विषयमा काली नदी नै सीमा रेखा स्पष्ट उल्लेख भएको भन्दै उनले आफ्नो भूमि समेट्नु नेपालको स्वभाविक कार्य भएको बताए ।

प्रतिकृया दिनुहोस