अर्थमन्त्री खतिवडाविरुद्ध सर्वोच्चमा मुद्धा हाल्ने चेतावनी

Yubaraj kharioda

काठमाडौं । एक सांसदले अर्थमन्त्री युवराज खतिवडा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन । बजेटमा विभेद गरेको भन्दै समाजवादी पार्टीका सांसद प्रदीप यादवले यस्तो चेतावनी दिएका हुन्।

बजेटको खर्च कटौती प्रस्तावमाथि संसदमा बोल्दै सरकारले संघीयता विपरित बजेट ल्याएको यादवले आरोप लगाए ।

प्रदेश २ लाई बजेटमा विभेद भएको भन्दै उनले अन्य प्रदेशभन्दा कम बजेट दिइएको आरोप लगाए। गण्डकी र सुदुरपश्चिमभन्दा कम बजेट प्रदेश २ लाई दिइएको उनको भनाई छ।

संघीयता काम छैन भन्ने देखाउन यस्तो गरिएको आरोप यादवले बताए। यसरी भएको विभेद विरुद्ध न्यायका लागि जाने उनले बताए।

मानव विकास सूचकांक प्रदेशमा पछाडि रहेको र गरिबी धेरै भएको प्रदेशलाई संघले बजेट दिन नखोजेको हो कि सूत्र नमिलेको हो भनी प्रश्न सोधे।

अन्तर सरकारी वित्तीय हस्तान्तरणमा प्रदेश २ लाई विभेद भएको उनले बताए ।

२ अर्ब थप गर्नुपर्ने माग उनले पेश गरे। बजेटको बाँडफाँटमा विभेद किन भन्दै उनले उत्पादन र कर उठाउने प्रदेशलाई किन विभेद गरेको भनि प्रश्न उठाए।

प्रदेश २ लाई २ करोड मात्र अनुदान दिने, कर्णाली १ अर्ब ४९ करोड पाउने, सुदूरपश्मिचले १ अर्ब २९ करोड अनुदान पाउने किन ? भन्दै उनले प्रश्न उठाए। प्रदेश २ लाई पनि विकास चाहिने भन्दै उनले यसरी विभेद गर्न नमिल्ने बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...