एमसीसी खारेज गर्न माग गर्दै गुरुङलाई भेट्न पुगे अनेरास्ववियूका विद्यार्थी नेता

Bhmikk

काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै सडक आन्दोलनमा उत्रिएका अनेरास्ववियूका विद्यार्थीहरुले नेकपा स्थाई समिति सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई भेटेर एमसिसी खारेज गर्न माग गरेका छन् ।

सरकारले एमसीसी कोषको विकासका नाममा आउने प‌ैसा राष्ट्रियता माथिको आक्रमण हुने र कालन्तरमा नेपाल अमेरिकी सैन्य क्रिडा स्थल बन्ने, कतिपय बुदाहरुले नेपालको राष्ट्रिय स्वधिनताको धज्जी उडाउने भन्दै विद्यार्थी नेताहरू नेता गुरुङसग एमसिसी खारेजको माग गर्न उनलाई भेट्न पुगेका हुन् ।

उक्त भेटमा नेता गुरुङले युवाहरुले गरेको खवरदारिको प्रशंसा गर्दै राष्ट्र र राष्ट्रियताको पक्षमा निरन्तर लडिरहन सुझाव दिदै, एमसिसि संसोधन गर्ने भन्दा पनि खारेज नै गर्नु पर्ने उनले बताएका थिए ।

यस अघि नेकपाका नेता झलनाथ खनाल, भिम रावल, लिलामणी पोख्रेललाई समेत भेटी सकेका छन् ।

उक्त भेटमा विद्यार्थी नेताहरु उपदेश यादव ,सागर के सि, , निर्ग जैसी , निरोज श्रेष्ठ , रबिन बस्नेत, समीर बुढाथोकी भुमिराज अधिकारी, तुल्सी न्युपाने , समराज राई, पुजा कडेल, लगाएतको उपस्थिति रहेको एक विद्यार्थी नेता भुमिराज अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...