जुवाडे अशोक अग्रवालसँग अर्थमन्त्री खतिवडाको दोस्ती, चकलेटमा भारी राजश्व छुट

Ashok agrawal

पोखरा । सरकारले जेठ १५ गते ल्याएको आर्थिक बर्ष २०७७/७८ को बजेट यति बेला विभिन्न कारण विवादित बनेको छ ।

एमसीसी बजेटमा घुसाईएको, बुँदा नम्बर १६६ मा सामुदायिक विद्यालय सञ्चालन प्रक्रियामा निजी विद्यालयलाई सरकारी विद्यालय व्यवस्थापनको जिम्मा दिने, सयौँ विद्युतीय सवारी साधनलाई बजेटमा छुटाईउको भन्दै बजेटको चर्को आलोचना भईरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट आयात गरिने सबै वस्तुमा राजश्व बढाएका छन् तर चकलेटमा भने घटाएका छन् ।

अर्थमन्त्री खतिवडाको नेपालमा चकलेट आयातमा एकाधिकार जमाएका व्यापारी अशोक अग्रवालसँगको दोस्तीले राजश्व घटाउन काम गरेको स्रोतको दाबी छ ।

विवादित छबी भएका अग्रवाल हिजो मात्रै कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

उनीसँग अरु व्यापारीहरु पनि पक्राउ परेका छन् ।

अशोक अग्रवाल डा. युवराज खतिवडाको बिशेष मान्छेका रुपमा परिचित रहेका छन् ।

आफ्ना मित्रलाई आर्थिक लाभ होस् भनी अर्थमन्त्रीले बजेटमै चकलेटमा राजश्व घटाएको भन्दै व्यवसायीहरुले अर्थमन्त्रीको आलोचना भईरहेको छ तर सरकारका मन्त्रीहरु, सत्तारुढ नेकपाका ओली पक्षका नेताहरु र स्वंयम् अर्थमन्त्रीले भने बजेटको बचाउ गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...