लोक सेवा आयोगले गर्‍यो यस्तो निर्णय, अधिकृत र सुब्बा पदमा परीक्षा लकडाउनपछि हुने

Loksewa aayog bilding

काठमाडौं । लकडाउनका कारण रोकिएका लोक सेवा आयोगका परिक्षा लकडाउनपछि अवस्था सामान्य बन्नसाथ सञ्चालन हुने भएको छ । आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ ।

सोमबार बसेको लोक सेवा आयोगको बैठकले पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि सञ्चालन गर्ने निर्णय गरेको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ ।

‘निजामती सेवाको हकमा कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षा लिखित परीक्षा प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिक रुपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाहरुको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ,’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो । गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले यसअघि नै कुनै एक चरणको परीक्षा भएकाको हकमा परीक्षा रोक्न नमिल्ने अनौपचारिक धारणा सार्वजनिक गरेको थियो ।

दरखास्त संकलन भैसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा भने सरकारबाट अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ ।
२०७६ फागुन २८ मा प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी अप्राविधिक खरिदार वा सो सरह पदका लागि भएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्यसमेत यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय भएको छ । दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने आयोगले जनाएको छ ।

आयोगको स्वीकृत वाषिर्क कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगित गर्ने निर्णय पनि आयोगको बैठकले गरेको छ । न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ ।

सम्बन्धित निकाय वा संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय र संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...