कोरोना संक्रमणको जोखिम बढेपछि नेकपाको सथायी कमिटी बैठक स्थगित

Ncp office dhumbarahi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

स्थायी कमिटीका २० सदस्यले लिखित आग्रह गरेपछि लामो छलफलपछि आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिएसँगै बैठक स्थगित गरिएको हो ।

महासचिव विष्णु पौडेलले कोरोना भाइरसको बढ्दो संक्रमण र स्थायी कमिटी सदस्यको उपस्थितिमा देखिएको समस्याका कारण बैठक स्थगित गरिएको जानकारी दिए ।

कोरोना भाइरसको बढ्दो संक्रमण, त्यसको जोखिम र स्थायी कमिटी सदस्यको उपस्थिति हुन नसक्ने अवस्थालाई ध्यान दिएर अध्यक्षद्वय लगायत सचिवालय सदस्यको परामर्समा बैठक स्थगित गरेका छौँ ।

स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा संक्रमण देखिएका अन्तिम समयमा स्थायी कमिटी बैठक स्थगित गरिएको हो । सुरक्षा गार्ड रावलसँग हिड्ने गरेको र त्यसैका आधारमा बैठक स्थगित गर्नुपरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...