नेकपाले बोलायो स्थायी कमिटिको बैठक, धुम्बाराहीमा बिहान ११ बजे बस्ने

Ncp office dhumbarahi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

तत्कालका लागि गएको २० गते बसेको सचिवालय बैठकको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली तयार भएपछि स्थायी कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्ने छ ।

बजेट, कोरोनाविरुद्धको अभियान र भारतीय हस्तक्षेपका विषयमा केन्द्रित रहने बैठक छोटो समयका लागि बोलाइएको छ । अन्य विषयबस्तुमा बजेटपछि मात्र छलफल गर्नेगरी बैठक बोलाइएको भनाइ छ ।

प्रधानमन्त्री ओली २४ गतेको सचिवालय बैठकबाट उठेर हिँडेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको थियो । २० गतेको बैठकमा आफूले गरेको सहमति कार्यान्वयन नहुने भन्दै ओलीले स्थायी कमिटी बैठक राख्न अनिच्छा व्यक्त गरेका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्डले नै बैठक बोलाउने वातावरण तयार भएपछि ओलीले फेरि एकपटक आफूले गरेको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...