कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ६ हजार दरवन्दी खुल्ला गर्ने

Krisi mantralaya

काठमाडौं । गत डिसेम्बरको अन्त्यबाट चीनको बुहान शरहबाट सुरु भएको कोरोना संक्रमणले विश्व हल्लाइदिएको छ । त्यसको प्रभाव साना ठूला अधिकांस देशमा परेको छ । नेपाल जस्तो विकासोन्मुख देशलाई झन ठूलो असर गरेको छ ।

कारोनाको संक्रमणका कारण आर्थिक व्यवस्ता नै तहसनहस भएको अवस्थामा विश्वमा करोेडौ युवा बेरोजगार हुने अवस्थामा छन् । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण नेपालमा दक्ष र अर्धदक्ष गरी लाखौं युवा बेरोजार हुने अवस्था छ ।

देशको आर्थिक अवस्था कमजोर बन्ने अवस्था आएपछि सरकारले लोक सेवा आयोगले लिन बाँकी रहेका सबै परिक्षा स्थगित गर्न निर्देशन दिइसकेको छ । सरकारको निर्देशन बमोजिम लोक सेवा आयोगले पहिलो चरणमा परिक्षा भइसकेका बाहेक सबै प्रकारका परिक्षा स्थगित गरिसकेको छ ।

लोक सेवा आयोगले नै सबै प्रकारका विज्ञापन स्थगित गरेपछि रोजगारीका लागि लोक सेवाको तयारी गरिरहेका लाखौं जनशक्ति अन्यौलमा परेका छन् ।

लोक सेवा आयोगले सबै प्रकारका परिक्षा स्थगित गर्दा निरास भइरहेका बेला यो वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ६ हजार दरवन्दी खुल्ला गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले बजेटसमेत तयार गरिसकेको छ ।

हरेक किसानले प्राविधिक सेवा पाउने गरी स्थानीय तहमा कृषि तथा पशु सेवा तर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गर्ने मन्त्रालयको योजना छ ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कृषिमा ३३ अर्ब १८ करोडको बजेट सिलिङ कार्यक्रम बनाएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बीउबिजन उत्पादन, चक्लाबन्दीमा केन्द्र कृषि खेती, सहुलियत ऋण, लागतको मूल्यांकन गरी न्यूनतम समर्थन मूल्य निर्धारणका लागि सहजीकरण र कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने रणनीतिसहित बजेट कार्यक्रम बनाएको हो ।

मन्त्रालयले आफ्नो वाषिएक बजेट तयार पार्दा ६ हजार नयाँ कर्मचारी भर्ना गर्ने योजना पनि बनाउको छ । यद्यपि लकडाउन जारी हिररहेका कारण मन्त्रालयले कहिले विज्ञापनगर्छ भन्ने केही तय भइसकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...