यो बेला कसले कति दियो र कसले कति पायो भन्ने बेला होइन

Anantaraj subedi

विश्वव्यापी माहामारी कोरोना भाइरस (कोभिड –१९) बाट सबैभन्दा आक्रान्त बनेको अमेरिकाको न्यूयोर्क सिटी पछिल्लो समय केही सामान्य हुँदै गइरहेको छ । ठूलो संख्यामा रहेका नेपाली समुदायले पनि संकटबाट राहतको अनुभूति गर्दैछन् । योसँगै अब नेपालीलाई कामको चिन्ता पर्न थालेको छ । यो संकटको समयमा समुदायलाई सहयोग गर्ने नेपाली संघ संस्था वा व्यक्ति विषेशको काम प्रशंसायोग्य छ ।

हाम्रो समुदायका सहृदयी दाताहरू महान हुनुहुन्छ, उहाँहरूलाई सधैंभरी यसरी नै दिन पुगिरहोस् । संकटका बेला जो जसले सही विरामी वा असक्त मानिससमक्ष सहयोग पुर्‍याउनु भयो, उहाँहरूलाई विषेश धन्यवाद । राहत लिन नपर्नेलाई नदिएर तथा वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु अहिलेको समयमा महान सेवा हो ।

हिजो कुनै दिन थियो, न्यूयोर्कमा बिरामीलाई आवश्यक पर्ने सामान्य औषधि, मास्क एवं सेनिटाईजर किन्न पाइँदैन थियो । यद्यपी ग्रोसरीको अभाव कहिल्यै भएन । न्युयोर्कका सयौं ठाउँबाट सिटीले दिने सुविधाबारे सूचनाहरू विभिन्न पत्रपत्रिका, संघसंस्था एवं प्रतिष्ठित व्यक्तिबाट प्रशारित हुँदै आईरहेको थियो । यसबाट विभिन्न मुलुकबाट अध्ययन गर्न आएका विद्यार्थीहरू सूचित हुन्छन् ।

अझैं यो संकटको बेलामा न्यूयोर्कका गभर्नर र मेयरले दैनिकजसो पत्रकार सम्मेलन गरेर सूचना दिईरहेका हुन्छन् । नेपाली समाजका अधिकांश ब्यक्तिहरू विशेष गरि विद्यार्थीले यी सूचनाहरू सहजै बुझ्न सक्छन् । कुरा कसले कति दियो र कसले कति पायो भनेर रमाउने र दुःखी हुने होईन । दाताले दिएको दानको सही सदुपयोग भएन भने दान दिने, लिने र वितरण गर्ने सबैको प्रयास निरर्थक हुन्छ ।

हामीले सहयोगीले सहयोग गरेका सामाग्री सकेसम्म सही ठाउँमा सदुपयोग गरियो भने दानीहरूको दान निरन्तर हुनसक्छ र उहाँहरूलाई दानी बनाईराख्नु नै हाम्रो महानता हो। जसले भोली आईपर्ने हरेक संकटमा सहयोगको निरन्तरता रहने छ । त्यही सहयोगले हाम्रो समुदायलाई जस्तोसुकै संकटमा पनि बचाउन सकिन्छ ।

केन्द्र सरकार र राज्य सरकारले दिएको राहत वा बेरोजगारीलाई दिने सहयोग तथा विभिन्न कानुनी जटिलता र कोरोनाबाट बच्ने तरीकाको बारेमा हामी सचेत छौं सहजै पाइरहेका छौं । यसरीनै हाम्रो समाजलाई पनि न्यूयोर्क सिटीबाट उपलब्ध गराएको राहतको सूचना किन पुगेन भन्ने हो ।

हाम्रो समाजका केही अगुवा साथीहरूले आफ्नो समाजका अन्य पीडित साथीहरूलाई उक्त सूचनाका आधारमा राहत स्थलमा किन पुर्‍याइएन भन्ने मुख्य कुरा हो । यसले मेरो मनमा शंका उत्पन्न गराएको छ । हामी मोही माग्ने, अनि ढुग्रो लुकाउने गरिरहेका छौं । न्युयोर्क सिटीले उपलब्ध गराउने खाध्य सहयोगमा कुनै विभेद छैन । यसबारे कसैले सामाजिक सञ्जालमा आक्रोस पोख्नुपर्ने आवश्यकता छैन ।

पछिल्लो पटक शेर्पा केदुकले गरेको सामाग्री वितरणबारे म मुक्तकण्ठले प्रशंसा गर्छु । उक्त खाद्यान्न विरतणमा लिन जाने साथीको माहोल देखेर म छक्क पर्छु । आखिर किन हाम्रा साथीहरू सिटीले वितरण गर्ने ठाउँसम्म पुग्दैनन्, के भाषा नबुझेर हो या बुझेर पनि बुझ पचाएर हो । त्यहाँसम्म पुग्न नसक्नु हाम्रो ठूलो कमजोरी हो । यद्यपी मैले कसैले वितरण गरिएको राहतको विरोध गरेको होइन । यो संकट अझै सकिएको छैन । हामी यसबारेमा बेलैमा संयमित र सचेत भएनौं भने अझै विकराल रूप देखा पर्न सक्छ । कामना गरौं, यस्तो नहोस् ।

मेरो आशय ‘हुलमुलमा जिउ जोगाउने र अनिकालमा बिउ जोगाउने’ भन्ने नै हो । सानोमा पढेको एउटा कथा ‘बाघ आयो, बाघ आयो...’ याद आयो । हो यसरी नै सुरूमा झुक्क्याउने र साच्चीकै समस्यामा पर्दा कसैले नहेर्ने नहोस् । त्यस्तै नियती हाम्रो नेपाली समाज अमेरिकाले भोग्नु नपरोस् भन्ने मेरो चाहाना हो ।

अन्त्यमा, यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमण रोकिएको होईन । केही कम मात्र भएको हो । अहिले न्यूयोर्कमा अत्यावश्यक सामाग्री खरीद गर्न सहज छ । अशक्त वा वास्तविक बिरामी र पीडितलाई सहयोग गर्न सहयोगी हातहरू तयार हुनुहुन्छ । त्यसैले सकेसम्म सिटी र राज्य सरकारले दिएको सामाग्री लिन अभिप्रेरीत गरौं । एउटा माघले जाडो जाँदैन यो बर्सेनी आउँछ । त्यसैले सहयोग लिन नपर्नेले नलिएर र नलिई नहुनेले वास्तविकता नलुकाई लिएमा उत्तम हुने थियो ।

(सुवेदी, तरुण दल अमेरिकामा उपाध्यक्ष हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...