संसदको वर्षे अधिवेशनका जनअपेक्षा : उत्तरदायी सरकार र प्रतिपक्षको अहम् भमिका

Kiran giri 26

विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड –१९ संक्रमणको कारण नेपाल लकडाउनमा रहेको ४५ औ दिन आज शुक्रवार ४ बजेबाट संघीय संसदको अधिवेशन प्रारम्भ हुँदैछ । बजेट अधिबेशनका रुपमा चिनिने यो अधिवेशनले मुलुक र जनतालाई सकारात्मक संदेश र उत्साह दिनु अत्यावश्यक छ ।

लकडाउनका कारण जनजीवनमा पर्न गएको असुविधा र नेपाली समाजमा परिरहेको आर्थिक संकटका बारेमा यो अधिबेशनले स्पष्ट मार्ग चित्र र नीति कार्यक्रम ल्याउनु जरुरी छ ।

कोरोना संक्रमणले नेपालको आर्थिक, सामाजिक, औद्योगिक, रोजगारी र व्यवसायीक अबस्था दसकौ पछाडि धकेलिएको छ । यो अबस्थामा अब नेपालले आफुलाई बिल्कुलै नयाँ शिराबाट अगाडि बडाउनु जरुरी छ । आर्थिक मितब्ययिता र बित्तीय अनुशासन अबको नेपालको प्रमुख दायीत्व हो । अब सरकारले साधारण खर्चमा व्यापक कटौती गर्नु पहिलो कर्तव्य हो । सरकारले यो सबै कुरालाई सम्बोधन गरेर नीति तथा कार्यक्रम ल्याउनु र कार्यान्वयन गर्नु जरुरी छ ।

सबैभन्दा पहिला यो अधिबेशनले संघीय सांसदहरूलाई दिँदै आएको संसद बिकास कोषको बार्षिक ६ करोड रकम कटौती गर्नुपर्दछ भन्ने जनअपेक्षा रहेको छ । प्रदेश सांसदहरुलाई दिँदै आएको संसद बिकास कोषको रकम पनि कटौती गरेर मुलुकको बिकास र निर्माणमा नयाँ नीति अबलम्बन गर्नुपर्ने देखिन्छ ।

आगामी जेठ २ गते रास्ट्रपतिबाट प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमले नयाँ नेपालको खाका बेग्लै ढंगले प्रेषित गर्ने जनबिश्वास रहेको छ । कोरोना प्रभावित विश्व र नेपाल को यथार्थ वस्तुस्थिती समिक्षा गर्दै नेपाल निर्माणको नयाँ तस्वीर नीति तथा कार्यक्रममा आउने अपेक्षा आम नेपाली जनताले गरिरहेका छ्न् ।

सांसदहरूको भुमिका र जिम्मेवारी मुलुकको समग्र बिकास एवं समृद्धिमा केन्द्रीत गर्नुपर्दछ । यो संसद अधिबेशनले मुलुकको बिकास र निर्माणका पुराना मार्ग चित्र बदलेर नयाँ एवं अग्रगामी नेपाल निर्माणको खाका कोर्नु पर्दछ ।

यो अधिबेशनले रास्ट्रपति, उपरास्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरुको सेवा र सुबिधामा ५० प्रतिशत कटौती गरेर नेपालको बिकासमा सो रकम लगाउने गरि नीति तथा कार्यक्रम ल्याउने छ भन्ने जनअपेक्षा रहेको पाइन्छ । यसो गर्न सकेमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै नेपाली जनतामा थप भरोसा र बिश्वास बढ्ने छ ।

कोरोना संक्रमण र लकडाउनपछिको नेपाल अत्यन्त चुनौतीपूर्ण देखिन्छ । यो चुनौतीको सामना गर्न सक्ने गरि सरकारको नीति तथा कार्यक्रम ल्याउन जरुरी छ । यो बास्तविकतालाई आत्मसात गरेर संसदको यो अधिबेशनले दबाबपूर्ण भुमिका खेलेर सरकारलाई सहि मार्गमा हिडाउन सक्नुपर्दछ ।

यो अधिबेशनले सत्तारूढ दल नेकपामा देखापरेको असन्तुष्टीपन र प्रधानमन्त्रीको एकांकी कार्यशैलीलाई नियन्त्रण गर्नु जरुरी देखिन्छ । स्पष्ट बहुमतमा पनि देखा पर्न खोजेको अस्थिरतालाई यो अधिबेशनले रोक्न सक्नुपर्दछ ।

यो अधिबेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भुमिका र जिम्मेवारी पनि थप शसक्त एवं प्रभावकारी हुनु जरुरी रहेको छ । कांग्रेस बैकल्पिक सरकार भएकोले उसले पनि मुलुक र जनताको बिकास एबं समृद्धिका लागि ठोस योजना र कार्यक्रम संसदमा पेश गर्नु आबश्यक छ । जसलाई सरकारले अबलम्बन गर्न बाध्य होस् । पछिल्लो दिनहरूमा नेपाली कांग्रेसको भुमिका केही सुस्ताएको र केही अल्मलिएको देखिएको छ । जनता कांग्रेसप्रति बिश्वास र भरोसामा छ्न् ।

मधेस केन्द्रित दलहरूले पनि कोरोनापछिको नेपाल निर्माणका लागि नयाँ सोच र दृस्टिकोण बनाएर अगाडि बढ्नु जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति मधेस बादी दल जति प्रतिबद्ध छ उ समृद्धिको खाका कोर्न अलमलिएको पाइन्छ ।

नेकपाको अमुल्य सहयोगमा संसदमा एउटै सिट जित्न सफल राप्रपाले संसदमा मुलुक निर्माणको खाका प्रस्तुत गर्न सक्दैन र जनताको बिस्वस्नियता पनि उप्रति त्यति बलियो छैन । बारम्बार सरकारमा सहभागी भएको राप्रपा जनताको परिवर्तन संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति इमानदार रहन सकेन ।

संसदको यो अधिबेशनले नेपाल र नेपाली जनतालाइ धेरै ठूलो बिश्वास र भरोसा दिलाउन सक्नु पर्दछ । जनतालाई राहत र सुबिधा, कृषि उध्योग र ब्यावसायमा आधुनिकीकरण, दिगो आर्थिक बिकास कार्यक्रमसहित यो अधिबेशन नेपाली जनतासमक्ष आइरहेको जनअपेक्षा गरिएको छ । संसदको यो अधिबेशन नेपाल समृद्धिको नयाँ खाका कोर्न सफल हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

(गिरी राप्रपा प्रबक्ता तथा संसदीय मामिला पत्रकार समाजका सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...