अनिश्चित बन्यो नेकपाको सचिवालय बैठक, ‘बल’ पुग्यो ओली र प्रचण्डको हातमा

Nekapa miting 20

काठमाडौं । स्थायी कमिटी बैठकमा राखिने एजेण्डा तयार पार्न नसक्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक अनिश्चित भएको छ । नेकपाभित्रको चर्किदो विवाददाई साम्य पार्न गरी बिहीबार स्थायी कमिटी बैठक डाकिएको थियो ।

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले स्थायी कमिटी बैठकका एजेण्डा अध्यक्षद्वयले तयार गर्न अझै गृहकार्य गर्न बाँकी रहेकाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिए । उनले २० गतेको सचिवालय बैठकको मर्मअनुसार बैठक के गर्ने भन्ने निर्णय गर्ने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिइएको बताए ।

भोलिलाई डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो । सरकारले जारी गरेर फिर्ता गरेको दुई अध्यादेश प्रकरणपछि नेकपाभित्र विवाद बढेको छ । अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि उनले कोरोनापछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

अर्का अध्यक्ष र बरिष्ठ नेता माधव नेपाल पक्ष भने ओलीले अहिले नै राजीनामा दिनुपर्ने वा एक व्यक्ति एक पदको नीतिमा पार्टी जानुपर्ने पक्षमा छन् । तर, बैठकमा सहमति बन्न नसक्दा सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...