बालुवाटारमा सुरु भयो नेकपाको सचिवालय बैठक

Nekapa miting 20

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।

बैठकले भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने गरी सचिवालयको बैठक बसेको हो । आजको सचिवालय बैठकले पार्टीभित्र देखा परेका आन्तरिक विवाद समाधानका लागि एजेण्डा तयार गर्नेछ ।

शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्समा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका एजेण्डा तय गरेका छन् ।

सचिवालयको बैठक बस्नुअघि शीर्ष नेताहरु निक्कै दौडधुपमा थिए । अघिल्लो बैठकमा पार्टी विभाजनकै मुखमा पुग्दा प्रधानमन्त्री सहितका नेताहरुले आत्मालोचना गरेपछि एक भएको सन्देश दिएका थिए । अघिल्लो बैठकमा नेताहरुले देशभरका कार्यकर्ताहरुलाई विभाजनका पक्षमा नलाग्न र एकतालाई बलियो बनाउनेतर्फ लाग्न आग्रह गरेको थियो ।

सरकार र पार्टीबीचको समन्वय, पार्टी एकताका बाँकी काम, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो समय सरकार सञ्चालन र जिम्मेवारी लगायतका विषयमा नेकपामा विवाद छ ।

प्रतिकृया दिनुहोस