हात्तिवनमा जम्मा भए नेकपाका प्रचण्डसहितका चार शीर्ष नेता

Prachanda 1

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल स्थायी समिति बैठकको रणनीति बनाउन जुटेका छन् ।

बुधबार बस्नेच सचिवालयको बैठककको तयारी र नयाँ रणनीति बनाउन प्रचण्ड, नेपालसहित सचिवालयमा रहेका अर्का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सोमबार बिहान दुई घण्टा छलफल भएको छ । उनीहरु अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको भूमिकाप्रति अन्य नेताले आशंका गरिरहेका छन् ।

प्रचण्ड, नेपाल, खनाल प्रवक्ता श्रेष्ठको निवास हात्तीवन पुगेका थिए । स्थायी समिति बैठक माग गरेका २० सदस्यले छुट्टै पूरक प्रस्ताव तयार पार्ने र त्यो बैठकमा पेस गर्ने जानकारी प्रचण्ड र नेपाललाई दिएका थिए । त्यसबारे के गर्ने भन्ने विषयमा छलफल गर्न उनीहरू श्रेष्ठ निवासमा जुटेका हुन् ।

अध्यक्ष ओलीले सचिवालय बैठकमा आत्मालोचनासहित गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनको प्रस्ताव स्थायी समितिमा आउनुपर्नेबारे छलफल भएको हो ।

अध्यादेश प्रकरणपछि स्थायी समिति बैठक माग गर्नेमा प्रचण्ड र नेपाल पक्षका नेताहरू थिए । उनीहरू शनिबारको सचिवालय बैठकमा भएको समझदारीप्रति सन्तुष्ट देखिएका छैनन् । स्थायी समितिमा आफ्ना विषय प्रस्टसँग राख्न पाउनुपर्ने भन्दै उनीहरूले दबाब बढाएका छन् । नेपालले आइतबार आफूनिकट स्थायी समिति सदस्यसँग भेट गरेका थिए ।

प्रतिकृया दिनुहोस