यो सरकार तत्काल विगठन गरी राष्ट्रिय सरकार बन्नुपर्छ : समाजवादी कांग्रेस

Nepali congress samajbadi flag

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले विदेशी भुमीमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन सरकारसँग आग्रह गरेको छ ।

समाजवादी कांग्रेसका अध्यष गोविन्द निरौलाले आइतबार विज्ञप्ती जारी गर्दै कोरोनाका कारण नेपाल फर्किन चाहने जुनसुकै देशका नेपालीलाई फर्काउनुपर्ने र त्यसका लागि सरकारले उचित वातावरण मिलाउनु पर्नेमा जोड दिएको छ ।

‘विदेशमा रहेका सबै दाजुभाई दिदीबहिनीहरुलाई तत्काल नेपाल ल्याउने व्यवस्था गरियोस्’ सो विज्ञप्तीमा भनिएको छ, ‘उत्पादन र रोजगारीका साथ राज्यक निम्ती हुने अबको अर्थ व्यवस्थाबारे सार्वजनिक गर्दै सबै नेपाली जनतालाई आगामी तीन महिनाका लागि राज्यको तर्फबाट निःशुल्क खाद्यन्नको व्यवस्था गरियोस् ।’

सो पार्टीले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र सरकार निरंकुसताको बाटोमा लागेको आरोप पनि लगाएको छ । नेपाली जनताहरु कोरोना महामारीको त्रासदीबाट आक्रान्त बनेको समयमा सरकार भ्रष्टाचार र निरंकुशताको बाटोमा लाग्नु राष्ट्रिय खतरा भएकोले वर्तमन सरकारको विघटन गरेर राष्ट्रिय सरकारको गठन गर्न माग पनि गरेको छ । समाजवादी कांग्रेसले यही सरकार लामो समयसम्म टिकी रहे वैदेशिक हस्तक्षेप हुने उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस