डेढ घण्टा सर्‍यो नेकपाको सचिवालय बैठक, आन्तरिक विवादका विषयमा औपचारिक निर्णय गरिने

Nekapa sachiwalaya miting 17

काठमाडौं । आज दिउँसो ४ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घन्टा सरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण साँढे ५ बजेसम्मका लागि बैठक सरेको हो ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेपछि रोकिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकले नेकपाभित्र देखिएको विवादका विषयमा औपचारिक निर्णय गर्ने जनाइएको छ । नेकपाभित्र सरकारको कार्यशैलीलाई लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट भएपछि प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्न तीन दिनअघि बसेको सचिवालय बैठकमा दबाब परेको थियो ।

बैठकमा दाहाल र नेपाल दुवैले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीबाट राजीनामा गर्न बैठकमै दबाब दिएका थिए । प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । त्यसकारण सचिवालय बैठक पनि ढिलोगरी बस्न लागेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेको नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी भइरहेको छ । स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षको माग छ । सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको उनीहरूको आरोप छ ।

आजको बैठकमा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ठोस प्रस्ताव ल्याउनेबारे र स्थायी कमिटी बैठक आह्वान गर्नेबारे छलफल हुने नेकपा स्रोतले बताएको छ । स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटी सदस्‍यहरुले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...