लकडाउनको ३८औं दिनमा लोक सेवाको विज्ञापनबारे बल्ल बोल्यो सरकार

Lok sewa aayog

काठमाडौं । विश्वभर फैलिएको कोराना संक्रमणका कारण बेरोजगारीहरुको संख्या बढिरहेको छ । त्यसमा पनि पढेलेखेका र रोजगारी गुम्नेहरुको संख्या पनि उत्तिकै बढेकाले रोजगारको खोजीमा भौतारिनेहरुको संख्या दिन दुई गुणा, रात चौगुणा बढ्ने अवस्थाको सृजना भएको छ ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण बेरोजगार बनेका युवा जनशक्ति लोकसेवा आयोगले विज्ञापन आव्ह्वान गर्ने पर्खाईमा थिए । तर, १४ गते बसेको मन्त्रिपरषिदको बैठकले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गरेको छ ।

सरकारले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय सार्वजनिक बिहीबार सरकारका प्रवक्ता डा युवराज खतिवडाले सार्वजनिक गरेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै लोक सेवाको विज्ञापनको पर्खाईमा रहेका सयौं युवा निरास बनेका छन् । सरकारको निर्णयले झन बेरोजगार युवाहरु पलायनको बाटोमा जाने निश्चित जस्तै बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...