व्यवसायीले नाफा कमाउँदा श्रमिकलाई नाफा दिएको कहिले छ र ?

Kumar panta 1 18 077

कोरोना भाइरस (कोभिड –१९) को महामारीले विश्व आज लकडाउनको अबस्थामा छ । यो महामारी विश्व मानवजातीको सभ्यता र संस्कृतिमाथि नै चुनौतीको रुपमा खडा भएको छ । लामो समयको लकडाउनको अबस्थाबाट गुज्रिएको छ भने नेपालमा पनि पाँच हप्तादेखि लकडाउनको अवस्था छ । कोभिड –१९ रोगको एउटा मात्र रोगथामको उपाय सामाजिक दुरि कायम गर्नु नै हो र त्यसको लागि लकडाउन अनिबार्य शर्त जस्तै बनेको छ ।

कोरोना महामारी बाट सबै ब्याबसाय संकटमा छ तर सबै भन्दा बढि पर्यटन क्षेत्र प्रभावित भएको छ । लकडाउन खुलेर सामान्य अबस्था भएर पनि यो क्षेत्र पूर्वास्थामा फर्कन केही समय लाग्ने कुरा निस्चित छ । यी यथार्थ अवस्थाको नजर अन्दाज हामी कसैले पनि गर्नु हुन्न तर ती व्यवसायसँग सम्बन्धित श्रमिकहरुको बारेमा अझ बढी गम्भीर ढंगबाट छलफल र ब्यवस्थापनको विधि खोज्न जरुरी छ ।

नेपालमा बिदेशी मुद्रा भित्र्याउने एउटा महत्वपूर्ण ब्यवसाय पर्यटन ब्यवसाय हो । नेपालको अर्थतन्त्रमा समेत यस क्षेत्रको महत्वपूर्ण योगदान रहने गरेको छ । साथै होटेल, क्यासिनो, रेस्टुराँ लगाएतको क्षेत्रमा १५ लाख भन्दा बढी श्रमिकहरुले प्रत्यक्ष तथा परोक्ष रुपमा श्रम गर्दछन् । यति ठूलो संख्यामा श्रमिकहरु लकडाउनको कारणले रोजगारविहीन अवस्थामा छन् र अधिकांस श्रमिकहरुलाई दैनिक गुजाराको संकट पैदा भएको छ । साना होटेल तथा रेस्टुराँ लगायतले बिगतमा समेत नेपाल सरकारले तोकेको न्युनतम् बेतनसमेत नदिने गरेकोमा अहिले लकडाउनको समयमा तलब दिइरहेका छैनन् । यस्तो अवस्थामा संगठित क्षेत्रमा मात्र भनेर हुँदैन, नेपाल सरकारले आयस्तर हेरेर अल्पकालिन राहत कर्यक्रम यस्ता श्रमिकहरुलाई बितरण गर्न जरुरी छ ।

श्रमिकहरु काठमाडौं लगायतका शहरी क्षेत्रमा घुम्न आएका होइनन्, आफ्नो जन्मस्थलमा रोजगारी लगायतको अवसर नपाएर दैनिक गुजारा चलाउन समस्या भएर सो समस्याको हलको निमित्त आएका हुन् । त्यसैले नेपाल सरकारले लकडाउनको अवस्थामा यस्ता श्रमिकहरुलाई समस्या समाधानको कार्यक्रम ल्याउन जरुरी छ न कि गाउँसम्म पु््याउने ब्यवस्था । त्यसैले सबभन्दा पहिला संगठित क्षेत्रमा काम गर्ने भए पनि जसको आय कम छ । तिनीहरुलाई लकडाउनको अबस्थामा गुजारा हुनेगरी राहत प्याकेज ल्याउन जरुरी छ । साथै बितरण प्रणाली सहज, वास्तविक पीडितले पाउने खालको बनाउनु पर्छ । बिगतमा घोषणा गरिएको राहत कार्यक्रम आफ्ना भोटर केन्द्रित बढी भएको र वास्तविक श्रमिक तथा विपन्न जनताको पहुँचमा पुग्न नसकेको घाम जत्तिकै छर्लङ्ग छ ।

यस क्षेत्रका श्रमिकहरुलार्इ महामारीको त्रास त हुने नै भयो, त्यो भन्दा पनि बढी त्रास रोजगारीको अवस्था कस्तो हुने हो भन्नेमा छ । के निहु पाउ र श्रमिकको सेवा सुबिधा कटाउन पाइन्छ भनेर बसेका ब्यावसायीहरुको निमित्त त यो सुनौलो अवसर झै हुन पुगेको छ । यसलाई देखाएर विभिन्न खालका हर्कत ब्यावसायी तथा ब्यावसायी संस्थाबाट हुन थालेको छ । यो महामारी विश्व मानव जातिको निमित्त नै हो । के ब्यावसायी, के मजदुर सबै यसबाट प्रताडित छन् । यस्तो बेलामा मानवीयताको हिसाबले समेत सक्ने र हुनेले नसक्नेहरुलाई सहयोग गर्नु मानव धर्म हो । तर कतिपय ब्यावसायीहरु यस अवस्थालाईश्रमिकविरुद्ध षड्यन्त्र गर्ने अवसरको रुप प्रयोग गर्न उद्दत देखिन्छन् । वर्षौ नाफामा संचालन भएका प्रतिस्ठानसमेत यो बेला आफुसँग काम गरेका श्रमिकहरुलाई तलव भत्ता दिन बिभिन्न बहाना बाजि गरिरहेका छन् । त्यो बिल्कुल गलत छ ।

होटल संघ नेपाल लगायतका ब्यावसायीका संस्थाहरुले नेपाल सरकार श्रम मन्त्रालयमा बुझाएको पत्रमा तलबको १२.५५ मात्र दिन सक्ने भनी उल्लेख गरिएको छ । यस्तो सोच ब्यावसायीहरुको सुदखोरी प्रवृत्तिको उपज हो भन्न सकिन्छ । हरेक संकटले संभावनाको नयाँ आयामहरु ल्यायको हुन्छ । अहिले नै निराशावादी हल्ला गर्ने र ब्यावसाय अब चल्दैन भन्ने प्रवृत्ति स्यालले चिल आयो भनी आफैँले कुखुरा लग्ने उखानसँग मिल्दो जुल्दो छ । त्यसैले सबैले यस खालको प्रवृत्तिलाई नकार्न जरुरी छ ।

नेपाल सरकारले २०७७ बैशाख १५ मा राजपत्र प्रकाशित गरि पछिल्लो समय निजी क्षेत्रहरुले श्रमिकहरुलाई तलब भत्ता दिन नसक्ने भनी गरेको सबै अपिल खारेज गरी लकडाउन अबधीलाई सार्बजनिक बिदासरह तलब भत्ता उपलब्ध गराउन निर्देर्शित गरेको छ । नेपाल सरकारले जारी गरेको राजपत्रलाई समेत कतिपय व्यावसायी तथा तिनका संस्थाहरुले अपब्याख्या गरेको पाइन्छ । श्रमिक तथा श्रमिकका ट्रेड युनियनहरुले सबै ब्यावसायी तथा संस्थाहरुलाई राजपत्रको अपब्याख्या नगर्न र सबै श्रमिकहरुलाइ तलब भत्ता उपलब्ध गराउन खबरदारी गर्न जरुरी छ ।

अन्तमा, महामारी बिपत्तिको सामना सबैले सबैलाई सकारात्मक सहयोग गरेर मात्र जित्न सकिन्छ । यो माहामारीले आधुनिक विज्ञानलाई समेत ठूलो चुनौती दिएको छ । यस्तो अवस्थामा मानवतालाई मुख्य बनाउन जरुरी छ न कि नाफालाई । केही बढी नाफाको निमित्त हजारौ श्रमिकको चुलो निभ्न नदिनसमेत सबै व्यावसायी सचेत हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...