ओलीको नयाँ कार्ड : गौतमलाई प्रधानमन्त्री, नेपाललाई तेस्रो अध्यक्ष

जनमतबाट पराजित वामदेव गौतम संसद् छिर्ने दाउँ धेरैपटक दोहोरिएको ‘नाटक’ को नयाँ शृंखला जारी

Gautam nepal oli

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ । नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्‍याखर्‍याख्ती पार्ने धेरैको आकलन थियो । तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको सो बैठकमा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो । त्यसलाई बैठकमा अध्यक्ष दाहालले व्यक्त गरेका थिए । अध्यक्ष दाहालले गरेको प्रधानमन्त्रीको राजीनामा मागमा वरिष्ठ नेता नेपालले पनि थपेका थिए ।

तर, ओलीले नयाँ कार्ड प्रयोग गरेपछि नेकपाको राजनीतिले नयाँ मोड लिएको छ । ओलीले पार्टीमा तीन जना अध्यक्ष राख्ने र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि गरेपछि उपाध्यक्ष गौतमसहितका नेताहरु आश्चर्यमा परे । 

ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ । त्यो बैठकले स्थायी कमिटी बैठकको टुङ्गो लगाउने नेताहरुको भनाइ छ ।

गत संसदीय निर्वाचनमा जनमतबाट पराजित वामदेव गौतम संसद् छिर्ने विषय नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक दोहोरिएको ‘नाटक’ हो, तर नाटकमा नयाँनयाँ शृंखला आउने क्रम रोकिएको छैन ।

संसदीय निर्वाचनमा आफ्नै गृहजिल्ला बर्दियाबाट पराजित गौतमले विपक्षीलाई होइन, पार्टी अध्यक्ष ओली र उनको समूहलाई दोष दिएका थिए । बर्दियाका पार्टी नेता श्याम ढकाललाई कारबाही गराउन उनले प्रयास पनि गरेका थिए । तर, ढकाललाई कारबाही गर्न ओलीले नमानेपछि गौतम आक्रोशित भएका थिए ।

कहिले बर्दिया। कहिले प्यूठान, कहिले रोल्पा र कहिले काठमाडौंबाट निर्वाचनमा भाग लिएर सांसद बन्ने चाहना थियो गौतमको तर, कतै सफल बनेनन् । पछि राष्ट्रपतिबाट निर्वाचित हुने एक सदस्यका रूपमा राष्ट्रिय सभा जान गौतम तयार भए । तर, यो एक मात्र सिटका लागि प्रधानमन्त्री ओलीले आफ्ना अर्थमन्त्री युवराज खतिवडाका लागि तयार पारेका थिए ।

गौतमका लागि संसद् यस्तो यात्रा भएको छ जहाँबाट गन्तव्य नजिकै देखिन्छ, तर मोडैमोडले यात्रा बरालिएको छ । गौतमले आफूलाई संसद्को यस्तो यात्रीका रूपमा उभ्याएका छन् जसले हार खान सक्छ, तर हरेस खान तयार छैन । 

ओलीको इच्छाविपरीत फागुन दोस्रो साताको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा सिफारिस गर्ने निर्णय गरेको थियो । ओलीले यो निर्णय अलपत्र बनाइदिएका छन् ।

अहिले प्रधानमन्त्री आफैँले गौतमलाई फेरि संसद् बनाउने प्रस्ताव ब्युँताएर ल्याएका छन् । गौतम राष्ट्रिय सभामा पुगिहाले पनि त्यहाँबाट प्रधानमन्त्री हुन सजिलो छैन । किनकि संविधान संशोधन गर्न नेकपासँग दुईतिहाइ छैन ।

आफूविरुद्ध एक ठाउँमा उभिएका सचिवालयका बहुसंख्यक सदस्यलाई विभाजन गर्ने उद्देश्यसहित ओलीले गौतमलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । ओलीको प्रस्तावले गौतम उत्साहित भएका छन् । तर उनले प्रधानमन्त्री बन्ने आधारभन्दा पनि आउँदो संकट टार्ने उद्देश्यले ओलीले सो प्रस्ताव ल्याएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...