चार घण्टापछि बिना निष्कर्ष सकियो नेकपाको सचिवालय बैठक, २० गते फेरि बस्ने

Nekapa sachiwalaya miting 17

काठमाडौं । पार्टीभित्र देखा परेको आन्तरिक विवाद समाधान गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ ।

साँझ ५ बजेदेखि राती ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकले कुनै निष्कर्ष ननिकाले पनि सचिवालयको बैठक पुनः आगामी शनिबार बस्ने गरी टुंगिएको छ ।

पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न सचिवालय बैठक बसेको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने भएको छ ।

नेकपामा एकअर्काविरुद्ध हस्ताक्षर संकलन थालेका दुवै समूहले एकअर्काविरुद्ध संसदीय दलमा बहुमत रहेको बताएका थिए । ओली पक्षधरले बहुमत सदस्यको हस्ताक्षर गरेको प्रचार गरेपछि प्रचण्ड नेपाल समूहले पनि बहुमत सदस्यको हस्ताक्षर बोकेर बैठकमा पुगेको जनाएको थियो ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीभित्रको आन्तरिक समस्या र पार्टी एकताको सुदृढीकरण, सरकार र स्थायी समिति बैठक लगायतका विषयमा छलफल भएको बताए । उनका अनुसार आउँदो २० गते सचिवालय बैठक बस्नेछ ।

प्रधानमन्त्री ओलीले हिजोदेखि आफू निकटको हस्ताक्षर संकलन गरेपछि अर्को समूहले पनि आफू निकटको हस्ताक्षर अभियान थालेको थियो । दुवैपक्षको बहुमतको दावी गरिएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउने तथा गिराउने बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । प्रतिनिधिसभा निर्वाचनबाट देशकै ठूलो दल बनेको नेकपाका १७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद छन् । पूर्वमाओवादीबाट अग्नि प्रसाद सापकोटा सभामुख छन् ।

अहिलेसम्मको अवस्थामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको पक्षमा ७८, कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा ५३ र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा ४३ सांसद रहेका छन् । तर एकअर्काले केही सांसद आफ्नो पक्षमा पार्न सक्छन्

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...