कपडाको माक्स पटक–पटक लगाउनु बाध्यता कि रहर ?

Kanchan kisi

विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ (कोरोना भाइरस) ले विश्व जगतलाई थर्कमान बनाइदिएको छ । डिसेम्बरको अन्त्यतिर चीनबाट फैलिएको कोरोनाको संक्रमणका कारण आजको मितिसम्म मात्रै पनि २ लाख १७ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको अवस्था छ ।

जब कारोना संक्रमणले विश्वव्यापी रुप लियो, त्यसयता मानव स्वास्थ्यको अवस्थालाई ख्याल राख्दै विभिन्न उपायहरु अपनाएको छ । स्वयम् विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यलाई ध्यानमा राखेर के गर्ने, के नगर्ने भनेर निर्देशिका नै बनाएको छ । जसको आम मानिसले कार्यान्वयन पनि गरिरहेका छन् । तथापि अझैं कोरोनाको संक्रमण रोकिएको छैन ।

सावधानीका लागि भनिएको छ, सरसफाइमा ध्यान दिनु, एक अर्काको सम्पर्कमा नबस्नु, माक्स लगाउनु आदि । हामीले प्रयोग गर्ने मास्कले वास्तवमै कोरोना संक्रमणबाट जोगाउछ त ? माक्सका विषयमा बिभिन्न प्रतिक्रिया आइरहेको छ । मास्कको प्रयोग लगभग अनिवार्य जस्तै भएको छ । हरेक व्यक्तिले मास्क लगाएर हिँडने गरेका छन् ।

विश्वप्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण बजारमा अझैं पनि पर्याप्त माक्स उपलव्ध हुन सकिरहेको अवस्था छैन । माक्सको अभाव टार्न सरकार र व्यवसायीहरुले उत्पादन पनि तीव्र बनाइएको हो । तर, अहिलेसम्म पनि माक्सको अभाव छ । पटकपटकको माक्सको अभाव टार्न पनि माक्सको पुनः प्रयोग एक अति आवश्यक विषय बनेको छ ।

जो व्यक्तिमा कोरोना प्रभावित भएका छन्, उनीहरुले मास्क लगाएमा अरुलाई संक्रमण हुने सम्भावना कम हुन्छ । अहिले अधिकांस मानिसहरुले माक्स प्रयोगमा सचेततापूर्वक प्रयोग गरेको पाइँदैन । मास्क लगाइसकेपछि त्यसलाई बीचमा घरी–घरी निकाल्ने र हातले चलाउने गरेको देखिन्छ । त्यसो गर्नु भनेको माक्स नलगाएसरह नै हो । त्यसकारण माक्स लगाएपछि पटकपटक छुने र निकाल्दै लगाउने काम गर्नुहुँदैन । माक्स प्रयोग गरेपछि निश्चित स्थानमा त्यसलाई राख्नुपर्छ । बालबालिकाले चलाउने ठाउँमा राख्नु हुँदैन ।

सर्जिकल माक्स एन ९५, केएन ९५, एफएफपीटू जस्ता मेडिकल माक्सहरुको अभाबका कारण मानिसहरु कपडाको माक्स प्रयोग गर्न बाध्य बनेका छन् । यति मात्रै नभई चिकित्सकहरुमाझ पर्याप्त मात्रामा सर्जिकल माक्स एन ९५, केएन ९५, एफएफपीएसको उपलव्ध नभएकोले माक्सको पुनः प्रयोग गर्न उनीहरु पनि बाध्य भएका छन् ।

साधारणतयाः कपडाको माक्स प्रयोग गर्दा मुख र नाक राम्रोसँंग छोप्ने हुनुपर्दछ । कपडाको माक्स प्रयोग गर्दा पटकपटक साबुन र मन तातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ । कपडाको माक्स अधिकतम् २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । बीचमा झिकेर पुनः प्रयोग गर्नु परे स्टेरिलाइजेशन गर्नुपर्छ । जे गरे पनि यस्ता माक्सको आयु बढीमा २४ घण्टासम्म मात्रै हुन्छ ।

सर्किकल माक्स, पेपर माक्स तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ । यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन ब्याक्टेरिया माइक्रोअर्गानिजमहरु छेक्छ । सर्जिकल माक्सलाई स्टिम डेष्टिलेशन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ । स्टिम डेष्टिलेशन उद्योगहरुमा मात्रै गर्न सकिन्छ । यस्ता प्रकारका माक्सहरु साधारणतयाः एकचोटी मात्रै प्रयोग गरिन्छ ।

सर्वभन्दा उत्कृष्ट माक्सका रुपमा एन ९५, केएन ९५, एफएफपीटू माक्सलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शुन्य दशमलब तीन एमएम भन्दा ठूलो सवै पार्टिकललाई यसले फिल्टर गर्न सक्छ । कम्तीमा ९५ प्रतिशत एयरवोन व्याक्टेरिया फिल्टर गर्ने भएकाले यसलाई एन ९५ नामले चिनिएको हो । एन ९५ माक्सलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ ।

यी माक्सहरु ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन् । यी माक्सहरुलाई राम्रोसँंगै टाइट फिटिङ हुने गरी लगाउनुपर्छ । यसलाई कम्तीमा पाँंच पटक प्रयोग गर्न मिल्छ । त्यसपछि स्टेरिलाइजेशन नगरी प्रयोग गर्न मिल्दैन । स्टेरिलाइजेशन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइष्ट हिट जस्ता तरिकाहरु उद्योगहरुमा अपनाइन्छन् । यी तरिकाहरु उद्योगमा मात्रै सम्भव हुनसक्छ । घरैमा यसलाई एक सय २५ डिग्री सेल्सियस् तातोपानीमा ३ मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाई स्टेरिलाइजन गर्न सकिन्छ । त्यसपछि हामीले यस्ता प्रकारको माक्सको पुनः प्रयोग गर्न सक्छौं ।

(लेखिका बी फार्मेसी तेश्रो वर्षका विद्यार्थी हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...