शिल्पी समुदायको साझा पहिचानः शिल्पकला

Db nepali 1

नेपालको पहिलो अभिलेख संवत् ३९९(ई.सं. ४७७) मा वाग्मती नदीको चर्चा गरिएको छ । जहाँ ‘वाग्वती पारप्रदेशे’ भनी उल्लेख गरिएको छ । नेपालमा सारिएको पहिलो वास्तुग्रन्थ हो ‘किरणतन्त्र’ जसलाई ने.सं.४४ (ई.सं.९२३) मा लेखिएको थियो । नेपाल देशको प्राचीनतम उल्लेख कौटिल्य अर्थशास्त्रमा पाइन्छ । गुप्तको प्रयाग स्तम्भलेख (३३०–३५०ई.) मा यस देशको सीमा पूर्वमा (कोशी नदी) आसाम र पश्चिममा कुमाऊसँग जोडिएको थियो भन्ने पाइन्छ (कामरूप नेपाल–कत्तृपुरादि, वासुदेव उपाध्याय, भारतीय अभि.१९६१,४८) । बुद्धकाल (६००–५०० ई.पूर्व) मा पञ्जाब, राजस्थान, मालव, मथुरा, पाँचाल, विदेह, मगध र पूर्वी बंगालको ताम्रलिप्ति सामुद्रिक बन्दरगाहसम्मको क्षेत्रलाई जोड्ने उत्तरापथले नेपाललाई पनि जोडेको थियो ।

शुक्रनीति (अध्याय ४, ३,११५–११६)ले वास्तुशास्त्र अथवा शिल्पशास्त्र त्यस विद्यालाई भनेको छ जसले राजप्रसाद, मूर्तिहरू, उद्यान, घर, कुलोे र अन्य यस्ता निर्माण वस्तुबारे नियम निर्धारण गर्दछ । वास्तु शिल्पशास्त्रले सबै किसिमका भवनहरू (आवासीय, धार्मिक तथा रक्षाका लागि निर्मित) लाई बोध गराउँछ, यसले नगर योजना, व्यापारिक तथा औद्योगिक भवनहरू, तलाउ, इनार, उद्यान, सडक, ताल, ढल तथा घाट आदिको निर्माण गर्ने वैज्ञानिक विधि सिकाउँछ । शयनासन, आसन, यान, दीपस्तम्भको साथै मूर्ति, गहना, कपडा, मुकुट निर्माणको विधिबारे ज्ञान दिन्छ, सिकाउँछ ।

वास्तुकलाको इतिहास धेरै पुरानो छ भन्ने विषयलाई प्राप्त ऐतिहासिक प्रमाणहरूले पुष्टि गरेका छन् । मानव सभ्यता जति पुरानो हो,त्यति नै प्राचीन वास्तुकलाको इतिहास पुरानो छ भन्ने विश्वास गरिन्छ । सिन्धुघाँटी सभ्यताको उत्खनन्मा प्राप्त भएका खण्डहरहरूले लगभग तीनहजार वर्ष इ.पू.को शिल्पसभ्यता एवं वास्तुरचनाका बारेमा सूचना दिन्छन् ।

ऋृग्वेदमा त्रोस्ती, रिभू, वास्तोपति र वास्तायोग जस्ता शब्दको उल्लेख गरिएको पाइन्छ । जुन शब्दहरूले क्रमशः वास्तुशास्त्री, विश्वकर्माको छोरो, भवन निर्माणका देवता, नयाँघर प्रवेश गर्ने उत्सव विशेषलाई संकेत गर्दछन् । यी सम्पूर्ण घटना विवरणहरूले विश्वकै अनादिकालीन शिल्प(मानव)सभ्यता वास्तुकलाको इतिहास निकै पुरानो हो भन्ने विषयलाई पुष्टि गर्दछ ।

‘शिल्पी’ शिल्पकारीता गर्ने समुदायलाई भनिन्छ अथार्त् मानव समाजको आदिम अवस्थादेखि मानवीय जीवनयापनका लागि आवश्यक लुगा, कपडा, भाँडावर्तन, कृषिऔजार, हातहतियार, गर गहना, घर मठमन्दिर, ढुङ्गा माटो, काठ, बाँस, छाला, फलाम, सुन चाँदी, तामा पित्तल लगायतका वस्तुहरूद्धारा भौतिक साधन स्रोत आविष्कार गर्ने, सरसफाई गर्ने, गीत–सङ्गीत, नाचगान वाद्यवादन, मनोरञ्जन लगायतका रचना जस्ता शिल्पसम्बन्धी कार्य पेशा व्यवसाय गर्दै आएका जाति समुदायलाई भनिन्छ ।

प्राचीनकालमा उल्लेखित पेशा व्यवसाय गर्ने व्यक्ति वा जाति समुदायलाई शिल्पी, शिल्पक, शिल्पाचार्य, विश्वकर्मा, कर्माकार भन्ने गरेको तथ्य सन्दर्भहरू भागवत,महाभारत,विश्वकर्मा महापुराण लगायतमा उल्लेख गरेको पाइन्छ । जो आज विश्वकर्मा(कामी) अन्र्तगत पर्ने लोहार, कोली, सुनार, ओड, चुनारा, कडरा, टमटा, तिरुवा, आग्री, पार्की, कसेरो आदि), सार्की, (मिजार, भुल, चर्मकार आदि), दमाई (परियार, दर्जी, ढोली, हुडके, सुचिकार, भेरीकार, आउजी आदि) गन्धर्ब (गाइने) बादी ,कोरी खटिक, खत्वे, तत्मा, पासी, पासवान, चमार, हरिजन, वातर, मेहतर, धोवी, मरिक (डोम), चिडिमार, पथरकट्टा, सरभङ, कलहर, ककैया, पोडे च्यामे, ढाँढी, धनकार लगायतका जाति समुदायका रूपमा परिचित छन् । आज पनि भारतको कुमाउँ, गडवाल,उत्तराखण्ड राज्य सरकारले यो समुदायलाई शिल्पकार समुदायको सूचीमा सुचिकरण गरेको पाइन्छ ।

प्राचीन अवस्थामा यो समुदायका विश्वकर्मा (कामी), सार्की, दमाई, गाइने, गन्धर्ब, बादी, चमार, पासी, पासवान, वाँतर मेहतर पथरकट्टा, कोरी, खटिक लगायतका जाति समुदायले शिल्पसम्बन्धी पेशा व्यवसाय गर्नुका साथ–साथै राज्य शासनसमेत गरेको इतिहास भेटिन्छ । यी समुदायको सामाजिक–सांस्कृतिक अध्ययनका क्रममा मानव जन्मदेखि मृत्युसम्म, सृष्टिको शुरुदेखि अन्त्य नहुँदासम्म सेवा क्षेत्रका सबै कामकर्म गर्दै आइरहेका छन् । प्राचीनकालीन वर्ण व्यवस्थाभन्दा अघिदेखि नै समाज विकासमा अग्रसर भएका शूद्र जनसमूहरू जो मनुस्मृतिको आधारमा अछूत बनाइ शूद्रसँग बिच्छेद गराई शिक्षा, दिक्षाबाट बञ्चित हुँदै जयस्थिति मल्ल र रामशाह कालमा अशुद्ध र अछूत जातिमा परिणत गराएर कतिपय अमर्यादित पेशामा संलग्न हुन बाध्य बनाइयो ।

राणकालीन समयमा समाज सुधारको नाममा जारी गरिएको पुरानो मुलुकी (बि. स. १९१०) ऐनले जाति अनुसारको दण्ड, जरीवानासमेत भोग्दै आएका थिए । शिल्पी÷दलितले राजा महेन्द्रकालीन शासन व्यवस्थामा मात्र केही कानुनी रूपमा सामाजिक समानताको हक अधिकार प्राप्त गर्ने अवसर पाएका थिए । तर, व्यवहारिक रूपमा समानता पाउन अझैँ सकिरहेका छैनन् । प्राचीन कालदेखि दलिदै, शोषिदै, उत्पीडनमा पारिँदै, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, राजनीतिक र धार्मिक रूपमा असंलग्न गराइयो ।

युनेस्कोले अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण विषयलाई अझ बढी बिस्तृतीकरण गर्ने । नयाँ स्ट्याण्डर्ड निर्माण गर्ने कुरामा सेप्टेम्बर २००२ र जुन २००३ मा पक्ष राष्ट्रहरू बीचमा सहमती जुटाइ अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धी (मूर्त, अमूर्त र अभिलेखात्मक सांस्कृतिक सम्पदा) सन् २००३ घोषण ग¥यो । यस महासन्धिको प्रयोजनको निम्ति साँस्कृतिक सम्पदा भन्नाले पुरातात्विक, प्राग ऐतिहासकि, साहित्य, कला, विज्ञान आदिका दृष्टिले महत्व राख्ने वस्तुहरू हुन् भनेर परिभाषित गरेको छ ।

यसप्रकार यस महासन्धिलाई चल सांस्कृतिक सम्पदाहरूको चोरी निकासी, नियन्त्रण, त्यस्ता सम्पदाको सुरक्षा, संरक्षणको निमित्त अन्तर्राष्ट्रिय रूपमा चालिएको महत्वपूर्ण कदमको रूपमा लिइन्छ । नेपाल सरकारले यो महासन्धिलाई सन् २०१० मा अनुमोदन गरिसकेको छ । मानव सभ्यताको विकासक्रममा पूर्वजहरूले निर्माण गरेका एवं सिर्जिएका मूर्त एवं अमूर्त (भौतिक र अभौतिक) उपलब्धिहरू नै साँस्कृतिक सम्पदाको विशालताभित्र पर्दछन् । बिगतमा सिर्जना भएका अहिले हाम्रो सामु रहेका ऐतिहासिक सम्पदाहरू वर्षौ पुराना पम्पराहरूका जीवन्त साक्षी एवं उदाहरण हुन् ।

जन्मदेखि मृत्युसम्मका वर्तमानमा देखिएका सबै मानवीय क्रियाकलाप पुर्खाहरूबाट पुस्ता हस्तान्तरण हुँदै आएका साँस्कृतिक सम्पदा नै हुन् । मौलिक लोक सीप, कला, परम्परागत ज्ञान, प्रविधि, सांस्कृतिक सम्पदा,पूर्वजहरूले सिर्जना गरेको सानो भन्दा सानो वस्तुदेखि लिएर ठूलाठूला स्मारकहरू, पुरातात्विक स्थल एवं अवशेषहरू, कलाकृतिहरू आदिलाई साँस्कृतिक सम्पदा भनेर परिभाषित गर्ने गरेको पाइन्छ ।

विश्वभरि यत्रतत्र छरिएर रहेका बहुमूल्य, नाश भएपछि पुनःस्थापना गर्न नसकिने साँस्कृतिक सम्पदाहरू कुनै एउटा समाज वा राष्ट्रको सम्पत्ति मात्र नभएर सम्पूर्ण विश्व मान समुदायकै साझा सम्पत्ति हुन् । यस्ता सम्पदाहरू मानवीय मस्तिष्कका उपज हुन्, मानवीय संस्कृतिका संवाहक हुन् । हाम्रा पुर्खाहरूले सिर्जना गरी संरक्षण र विकास गरी एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका मूर्त एवं अमूर्त संस्कृति र क्रियाकलापहरू हामीले भावी पुस्तालाई जस्ताको तस्तै जिम्मा लगाउनु पर्दछ । संस्कृतिका विभिन्न विधाहरूको प्रकृति, स्वरूप, विशेषताका आधारमा र तिनीहरूको सुरक्षा, संरक्षण र व्यवस्थापकीय तरिकाका साथै प्रविधिहरूको विविधताको आधारमा तिनीहरूलाई निम्न प्रकारले वर्गीकरण गर्ने अन्तराष्ट्रिय प्रचलन रहेको छः–

१) मृ्र्त (भौतिक) सांस्कृतिक सम्पदा (Tangible cultural heritage) 
कला, शिल्पसभ्यता, वास्तुकला (शिल्पशास्त्र) को दृष्टिले विशेष महत्व राख्ने चल अचल वस्तु, पुरातात्विक स्थल एवं अवशेष आदिलाई समग्रमा मूर्त साँस्कृतिक सम्पदा भनिन्छ । विभिन्न महासन्धिहरू, दस्तावेजहरू आदिले मूर्त सांस्कृतिक सम्पदालाई परिभाषित गरेका छन् । त्यस्तै विभिन्न देशहरूले पनि आफ्नो देशको प्रयोजनको लागि आ–आफ्नै प्रकारले यस विषयलाई परिभाषित गरेका छन् । UNESCO, Convention, Concerning the protection of the world cultural natural heritage, 1972 ले दिएको परिभाषा यहाँ प्रस्तुत गरिएको छ ।

Monuments:

Architectural work,work of monumental sculpture and painting, including cave dwellings and inscription and elements,groups of elements or structures of special value from the point of view of archeology,history, arts or science Groups of Buildings: Group of separate or connected buildings which, because in the landscape,are of special value from the point of view of history, arts and science.

Sites: Topographical areas,the combined works of men and nature, which are of special value by reason of their beauty or their nearest from archaeological, historical, ethnologicalor authropological points of view.

यस्ता सम्पदालाई बौद्धिक सम्पदा पनि भन्ने गरेको पाइन्छ–मौलिक लोक सांस्कृतिक श्रुती परम्परा, अभिनय कलाहरू, संस्कार, जात्रा, परम्परा, चाडपर्व, गीत, संङ्गीत, नृत्य, मेला पर्वहरू, तिर्थवर्तहरू आदि लाई अमूर्त सांस्कृतिक सम्पदा अन्र्तगत राखिएको छ ।

UNESCO Convention for the Safeguarding of the Intangible Cultural Heritage, 2003 को दफा २ ले अमूर्त सांस्कृतिक सम्पदालाई परिभाषितगर्दै उल्लेख गरेको छ : 

-Oral tradition and expression including language as a vehicle of the intangible Cultural Heritage(ICH).

-Performing arts(such as traditional music, dance and theatre)

-Social practices, rituals and festival events.

-Knowledge and practice concerning nature and universe

-Ttaditional craftsmanship

३) अभिलेखात्मक सांस्कृतिक सम्पदा –(documentarycultural heritage)
अभिलेखात्मक सम्पदालाई (memory of the world) पनि भनिन्छ । यसअन्र्तगत हस्तलिखित ग्रन्थ, वंशावली लगायत सबै प्रकारका अभिलेखात्मक सामग्रीहरू पर्दछन् । युनेस्कोले गरेको सांस्कृतिक सम्पदाको परिभाषाअनुसार सीमान्तकृत शिल्पी÷दलित समुदाय साँस्कृतिक सम्पदाका आविष्कारक, सर्जक, मुख्य हकदार र मालिक हुन् । किनकी आदिम कालदेखि जब मानव सभ्यता सुुरु भयो, सोही समयदेखि ललितकला, वास्तुकला र शिल्पशास्त्रको माध्यमबाट समाजको सेवा र चालक शक्तिको रूपमा शिल्पी/दलितहरू नै थिए ।

सीप, कला, प्रविधिका सर्जक आम दलित समुदाय मृ्र्त सांस्कृतिक सम्पदाका सुत्रधार, सृर्जनाकार, मूलस्रोत र सर्जक हुन् । अमृ्र्त (अभौतिक) सांस्कृतिक सम्पदालाई बौद्धिक सम्पदा पनि भन्ने गरेको पाइन्छ । लोक संस्कृति, अभिनय कलाहरू, संस्कार, जात्रा, परम्परा, पर्व, नृत्य, मेला पर्वहरू आदिलाई समग्रमा अमृर््त सांस्कृतिक सम्पदा भनिन्छ । शिल्पी÷दलित समुदायको गीत–सङ्गीत,नृत्य लगायत सम्पृ्र्ण सङ्गीतशास्त्र अभौतिक सांस्कृतिक सम्पदा अन्र्तगत पर्दछन् । अभिलेखात्मक सम्पदालाई (memory of the world) पनि भनिन्छ ।

यसअन्र्तगत हस्तलिखित ग्रन्थ, वंशावली लगायत सबै प्रकारका अभिलेखात्मक सामग्रीहरू पर्दछन् । यसको संरक्षण र अभिलेखीकरण समेत यीनै समुदायले गर्दै आएका छन् । लेख्ने कागजको विकास नभएको अवस्थामा भोजपत्र, ताम्रपत्र, शिलापत्र, स्वर्णपत्र र रुपापत्रमा अभिलेख राख्ने काम उनीहरूले नै गर्दै आएका थिए । यस्ता सम्पदाहरूमा हाम्रो भावनात्मक सम्बन्ध गाँसिएको हुन्छ ।

यिनीहरू कुनै पनि समाज एवं राष्ट्रको पहिचानका विषय हुन् र सोझै राष्ट्रियतासँग जोडिएका देशप्रेमको भवना जगाउने विषय हुन् । राष्ट्रका गौरव र अमूल्य निधि हुन । हाम्रो श्रुती लोकवाङ्मय काव्यसम्पदा, इतिहास, कला, सीप, ज्ञान, प्रविधि, सांस्कृतिक सम्पदा, वास्तुकला (शिल्पशास्त्र), शिल्पविज्ञान आदिका जीवन्त साक्षी हुन ।

मोदनाथ प्रश्रितका अनुसार बाहुनले वेद पढेको शुद्रहरूले सुन्न पनि हुँदैन भन्ने घोर कट्टर धर्मान्ध धारणा थियो । तर, व्यवहारमा विज्ञान प्रविधि र कलाका अधिकांश कामहरू द्रविड,शुद्र,शिल्पी समुदायकै हातमा केन्द्रीत थिए । त्यतिखेर सम्मको धातुविज्ञान, रसायन विज्ञान, बस्त्र निर्माण, भवन निर्माण, कृषि औजार निर्माण, बाजागाजाको निर्माण, सङ्गीतकला, नृत्यकला, काष्ठकला, मूर्तिकला, भाँडाकुँडा, हातहतियार शास्त्रास्त्र निर्माण, ढिकीजाँतो, पानीघट्ट, गोरुगाढा, रथ आदिको निर्माण, छाला साबर प्रशोधनको प्रविधि, रंग निर्माण, कुलोेपैनी, सुरुङको निर्माण, पुलपुलेसा बाटोघाटो निर्माण आदि कुराका स्रष्टा, निर्माता, मर्मतकार्य, प्राविधिक, आविष्कारक, वैज्ञानिक आदिमध्ये ९५ प्रतिशत भन्दा बढी शुद्र, शिल्पी÷दलितहरू नै थिए ।

कस्तो विचित्र विडम्बना सम्पूर्ण मानिसको जीवन चलाउनेका लागि नभइ नहुने विज्ञान र प्रविधिका यति धेरै क्षेत्र सम्हाल्ने वैज्ञानिक, आविष्कारक र प्राविधिकका लागि शिक्षा र साक्षरताका जम्मै ढोका बन्द थिए । तिनीहरूले केवल पुख्र्यौली ज्ञान, सीप, अनुभव र अन्दाजका भरमा ठूल्ठूला भवन,दरबारका कलात्मक मठमन्दिर, पाटीपौवा, शहरबजार आदि बनाउँथे । भवन, मन्दिर, मूर्ति, चित्र र काष्ठकलामा नयाँ–नयाँ ढाँचा सीप र कलात्मकता उनीहरू नै प्रस्तुत गर्दथे ।

कपडाका नयाँ–नयाँ बुट्टाबान्की निकाल्दथे । उनीहरूले गर्ने सबै काममा कला, सीप र सौन्दर्य निर्माणको होड नै चल्थ्यो । आकारविहिन भौतिक वस्तुलाई सीप, कला भरेर मानवीय प्रयोगको लागि योग्य बनाउन उनीहरू पोख्त थिए । तर, कतिपय क्रुर निष्ठुर राजा र शासकहरू अति उत्कृष्ठ दरबार, भवन, मूर्ति, हातहतियार, नविन खालका आविष्कारजस्ता कलात्मक काम आफ्ना निम्ति निर्माण गर्न लगाए । त्यस्तै चीज अरुका निम्ति बन्न नसकोस भनी ती शिल्पकारका दाहिने हातै काटिदिनेसम्मको जघन्य अपराध गर्न समेत पछि पर्दैनथे । तसर्थ, यी उत्पीडित समुदायको साझा पहिचान र चिनारी शिल्पकला नै हो । पूँजी र प्रविधिको प्रयोग गरी शिल्पकलालाई आधुनिकीकरण गर्ने हो भने आर्थिक अवस्था अकल्पनीय रुपमा माथि आउन सक्छ । यसतर्फ आम सरोकारवाला पक्षहरुले ध्यान दिन जरुरी छ ।

प्रतिकृया दिनुहोस