कोरोनाको समाधान : जित्न विज्ञान र धर्मबीच तीव्र प्रतिष्पर्धा !

Raju basyal

एक लाख ७० भन्दाबढी मानिसहरुको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) २१ औं शताब्दीमा प्रकृतिमाथि विजयको दम्भ लिएको मानवलाई गिज्याउँदै खुल्ला हुंकार गरिरहेछ । मानिसले हुनेसम्म कोरोना प्रभावलाई रोक्न आफ्नो ज्ञान, विज्ञान र प्रविधिको बर्कतले रोक्ने प्रयास गरिरहेको छ । तर आजसम्म यसको समाधानको लागि कुनै रामवाण औषधि वा भ्याक्सिन बनिसकेको छैन ।

हुनतः Choloroquine (जुन मलेरियाको उपचारमा बढी प्रयोग हुन्छ) लाई कोरोना भाइरसको उपचारमा पनि राम्रो असर देखाइरहेको त भनिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा तेजले फैलिरहेको कोरोना भाइरसको बिरामीको उपचारको लागि ज्थमचयहथअजययिचयत्रगष्लभ को आपूर्तिको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्तिगत रुपमै अनुरोध गरेको र भारतले त्यसको सकारात्मक जवाफका साथ Hydroxycholoroquine को आपूर्तिको प्रक्रिया अगाडि बढाइसकेको भन्ने कुरा संचारमाध्यममा आइरहेका छन् । तर विश्व स्वास्थ्य संगठनले Hydroxycholoroquine लाई COVID -19  को उपचारमा प्रमाणित औषधि हो भन्ने पुष्टि भने गरेको छैन ।

यो विश्वव्यापी विपदको घडीमा संसारभरका मानिसले जहाँबाट र जसरी भए पनि यो समस्याको समाधानको ग्यारेन्टी दिने औषधि वा उपचार पद्धतिको उपलब्धताको लागि आत्मिक पुकार गरिरहेको आभाष हुन्छ । अब यहाँ प्रश्न उठ्छ, संसारभरका प्रख्यात अस्पताल, रिसर्च ल्याव, खोज अनुसन्धानकर्ताहरुले समस्या समाधानको उपाय दिन नसकिरहेको अवस्थामा पूर्वीय दर्शनको केन्द्र नेपालबाट हाम्रा आध्यात्मिक, धार्मिक, वैदिक ग्रन्थहरुमा यस्ता समस्याको समाधान छ कि ?

हामीले परापूर्वकालमा ऋषिमुनिहरुले मानव जातको कल्याणको लागि यज्ञ गराएका थुप्रै उदाहरणहरु पाउँछौं । रामायणमा ऋषि विश्वामित्रले यज्ञ गर्न लाग्दा यज्ञको सुरक्षाका लागि अयोध्याका राजा दशरथका सामु भगवान श्री राम र लक्ष्मणलाई माग्न गएको प्रसंग हामीले पढ्दै आएकै हौं । त्यतिबेला जनकपुरमा १ सय वर्षसम्म पानी नपरेर मानव जीवन महान संकटमा थियो । त्यस्तै राम र सीताको बनवासको समयमा अयोध्यामै ठूलो प्राकृतिक संकट आएपछि ब्रम्हर्षी बशिष्टले रामकै आदेश लिएर यज्ञ गराएको कुरा पनि शास्त्रमा उल्लेख छ । विशेष गरी अनन्तकोटी ब्रम्हाण्ड नायक भगवान् शिवजीको स्तुतिमा एक श्लोकमा यस्तो भनिएको छ ।

दु:स्वप्नदुश्शकुनदुर्गतिदौर्मनस्य–
दुर्भिक्षदुव्र्यसनदुस्सहदुर्यशांसि ।
उत्पाततापविषभीतिमसद्ग्रहार्ति –
व्याधींश्च नाशयतु मे जगतामधीशः ।।२७।। (अमोघ शिवकवच २७ श्लोक)
जसको भावार्थ : हे जगदीश्वर π मेरा खराब सपना, खराब शकुन, खराब गति, मनको दुष्ट भावना , दुर्भिक्ष, दुव्र्यसन, दुस्सह, अपयस, उत्पात, संताप, विषभय, दुष्ट ग्रहको पिडा तथा समस्त रोगलाई नाश गरिदिनुहोस् ।

त्यस्तैगरी जगतजननी भगवती माता दुर्गाको चरित्र वर्णीत श्री दुर्गा सप्तशती ग्रन्थमा यसरी भनिएको छ ।
पापानी सर्वजगतां प्रशमं नयाऽऽशु
उत्पातपाकजनिताँश्च महोपसर्गान्   
(अध्याय ११ :– ३४औं श्लोक) 
जसको भावार्थ हो, हे माता, सम्पूर्ण जगत्को पाप नष्ट पार, उत्पात र पापको फलस्वरुप प्राप्त हुने महामारी आदि ठूला–ठूला उपद्रवहरुहरु शीघ्र नष्ट पार ।।३४।।
त्यसैगरी..
देवी प्रपन्नार्तिहरे प्रसीद
प्रसीद मातर्जगतोऽखिलस्य ।
प्रसीद विश्वेश्वरी पाहि विश्वं
त्वमीश्वरी देवी चराऽ चरस्य
(अध्याय ११ : श्लोक ३) 
जसको भावार्थ हो, हे शरणागतको पिडा हरण गर्ने देवी ! हामीमाथि प्रसन्न होऊ। हे सम्पुर्ण जगत्की माता ! हे विश्वेश्वरी ! विश्वको रक्षा गर ! देवी ! तिमी नै चराचरकी अधीश्वरी हौं ।
रोगनाशको लागिः–
रोगानशेषानपहंसि तुष्टा
रुष्टा तु कामान् सकलानभीष्टान् ।
त्वामाश्रितानां न विपन्नराणां
त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति
(अध्याय ११ : श्लोक २९)

जसको भावार्थ हो, हे माता । तिमी प्रसन्न भए सबै रोग नष्ट पारिदिन्छ्यौ, रिसाए सबै कामनाहरुको नाश पारिदिन्छ्यौं । जो तिम्रो शरणमा परिसकेका छन्, तीमाथि विपत्ति आउनै सक्तैन । तिम्रो शरणमा गएका मानिस पनि अर्कालाई शरण दिने हुन्छन् ।
महामारी नाशको लागि :–
ॐजयन्ती मङ्गला काली भद«काली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।१।।
(अर्गला स्तोत्र : श्लोक १)
सम्पूर्ण बाधा शान्तिको लागि :–
सर्वाबाधाप्रशमंन त्रैलोक्यस्याऽखिलेश्वरि ।
एवमेव त्वया कार्यमस्मद्धैरिविनाशाम् ।।३९।।
(अध्याय ११ :–श्लोक ३९)
जसको भावार्थः– हे सर्वेश्वरी π तिमी यसैप्रकार तीनै लोकका समस्त बाधा शान्त गर र हाम्रा शत्रुहरुको नाश गर्दै रहुँ  ।

यसरी माथि उल्लेखित श्लोकहरुले विश्वव्यापी महामारी नाशको लागि शिव अमोघ कवच र दुर्गा सप्तशती चरित्र पाठ र विधि विधानअनुसार हवन, तर्पण, मार्जनबाट परमपिता शिवजी र माता भगवती जगज्जननी दुर्गाको आर्शिवादले यस्ता महामारी रोकिने कुरातिर संकेत गर्छन् ।

म आफैंले पनि भारतको पतञ्जली योगपीठमा ६ महिनासम्म योगऋषि स्वामी रामदेव र आचार्य बालकृष्णजी महाराजको प्रत्यक्ष सानिध्यमा रहि वैदिक यज्ञ र यसको बहुआयमिक फाइदाको बारेमा केही अनुभब लिने मौका पाएको थिएँ । त्यस्तै मैले मेरा एक जर्मन मित्र Dr. Ulrich Berk (जो जर्मनीमा यज्ञ थेरापीका अग्रणी मानिन्छन्) को समूहसँग सहकार्य गरी दिल्लीमा एकसाथ १० हजार विद्यार्थीलाई यज्ञ गराई प्रत्यक्षरुपमा यज्ञको मानव र वातावरणमा हुने वहुपक्षीय फाइदाका बारेमा सिक्ने अवसर पाएको थिएँ । यस्ता यज्ञहरुमा प्राचीनकालदेखि बर्तमानसम्म प्रयोग हुने द्रव्यहरुमा स्वदेशी गाईको शुद्ध घ्यू, जौं, तील, चन्दन, साल धूप, रुदिलो, तुलसी, असुरो, नीम ईत्यादिको प्रयोग गरिएको देखिन्छ । यज्ञका विज्ञहरुका अनुसार यी सामग्रीमा हुने औषधीय गुणहरुले यज्ञपछि हावाको रुपमा वातावरणमा फैलिई समाज, देश र विश्वकै कल्याण गर्ने कुरा बताउँछन् ।

त्यसैले कोरोना भाइरसबाट आक्रान्त विश्व मानव, जसले ग्यारेन्टी समाधानको विधि वा औषधिको लागि पुकार गरिरहेको र विज्ञानले यसको समाधान निकाल्न नसकिरहेको अवस्थामा हाम्रै धार्मिक र आध्यात्मिक तरिकाको यज्ञ थेरापीलाई कोरोना भाइरसको सम्भावित समाधानको लागि परिक्षण गर्न सरकार, नागरिक समाज, बुद्धिजीवीहरु, धर्मगुरुहरु र आध्यात्मिक साधकहरु एकजुट भई अगाडि बढ्नुपर्ने देखिन्छ । र म र मेरो समूह यस विश्वकल्याणको कार्यको लागि पूर्वीय आध्यात्मिक विधीलाई नै उत्तम मान्दै सबै महिला तथा सज्जनहरुमा हामीस“ग हातेमालो गर्न आह्वान गर्दछौं ।

[email protected]

प्रतिकृया दिनुहोस