इतिहासकै सबैभन्दा दुःखद घटना : देउवा

Sher bdr deuba

काठमाडौं । सरकाले ल्याएका दुई वटा अध्यादेशलाई नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले सरकारले इतिहासकै सबैभन्दा दुःखद घटनाको संज्ञा दिएका छन् ।

‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो’ सोमबार साझ विज्ञप्ती जारी गर्दै देउवाले भनेका छन्, ‘नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।’

देउवाले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनप्रति आपत्ति जनाउँदै सोमबार साझ सभापति देउवाले एक विज्ञप्ति जारी गम्भीर असहमति जनाएका हुन् ।

‘आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।’

‘कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ’, देउवाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘दुबै अध्यादेशप्रति नेपाली काँग्रेसको गम्भीर असहमति छ ।’

कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा लागि काँग्रेसले सरकारलाई हरसंभव सघाउँदै बताउँदै यतिबेलाको प्रधान दायित्व कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउ भएको देउवाले बताए ।

प्रतिकृया दिनुहोस