सरकारले ल्याएको अध्यादेश बेमौसमी बाजा : कांग्रेस

Nepali congress bolding

काठमाडौं । सरकारले पार्टी विभाजन खुकुलो बनाउने गरी ल्याएको अध्यादेशलाई नेताहरुले बेमौसमी बाजाको संज्ञा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै शब्द सापटी लिँदै नेताहरुले देश कोरोनासँग लडिरहेका बेला राजनीतिक अस्थिरता बढाउने गरी ल्याउन लागिएको अध्यादेश गलत भएको बताएका हुन् ।

नेपाली कांग्रेसले भने महामारीका बेला यस्तो निर्णय ल्याइनुलाई बेमौसमको बाजाको संज्ञा दिएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारको यो निर्णयलाई ‘बेमौसमको बाजा’ कै संज्ञा दिएका छन् ।

उनले विश्‍वकै प्राथमिकता कोरोनाविरुद्धको लडाइँ रहेका बेला सरकारले गलत गरेको बताएका छन् । सरकारले प्रमुख दायित्वलाई पन्छाएर अन्यत्र वहकिएको कांग्रेस नेता शर्माले शंकेत गरेका थिए ।

‘संसारकै अहिलेको प्राथमिकता कोरोनाविरुद्ध विजय हाँसिल गर्ने हो’ उनले भनेका छन्, ‘नेपालका लागि पनि अन्य विषय गौण छन्। हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित हुनैपर्छ ।’

‘कांग्रेस प्रवक्ता शर्माले सरकारको निर्णय लगत्तै ट्वीटरमा लेखेका छन्, ‘संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।’

 

प्रतिकृया दिनुहोस