कांग्रेस पदाधिकारी बैठक शनिबार बस्ने

Nepali congress bilding

काठमाडौं । विश्वप्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रण र लम्बिदो लकडाउनका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

शनिबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्ने सो बैठकमा पदाधिकारीबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई पनि बोलाइएको छ ।

लम्बिदो लकडाउनका कारण जनजीवन कष्टकर हुन थालेको र राहतका नाममा सरकारी पक्षबाट प्याकेज घोषणा भए पनि नागरिकले नपाएको कंग्रेसको ठहर छ । त्यसैका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

नेता सिटौलाले पूर्वस्वास्थ्यमन्त्री र यस क्षेत्रका विज्ञलाई समेत समेटेर बरु भिडियोमार्फत  भए पनि बैठक बोलाउन सभापति देउवालाई ध्यानाकषर्ण गराएपछि थिए । सिटौलाको ध्यानाकर्षपछि शनिबार बैठक बोलाइएको छ ।

कोरोना संक्रमितको पहिचानका लागि परीक्षणको दायरा बढाउन पनि कंग्रेसले सरकारको ध्यानाकषर्ण गराएको छ । साथै महामारीका बेला अघिल्लो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अत्यावश्यकीय सेवामा कार्यरतहरुको मनोबल उच्च राख्न र प्रोत्साहन गर्न पनि पार्टीले सरकारको ध्यानाकषर्ण गराइसकेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...