‘कोरेको छु तिम्रो तस्वीर’ मा गौतम र प्रियंकाले यसरी गरे रोमान्स (भिडियोसहित)

Gautam khati

काठमाडौ‌ं । नेपाल आईडल सिजन वानमार्फत चर्चा कमाएका गायक प्रताप दास र अनु चौधरीको स्वर रहेको ‘कोरेको छु तिम्रो तस्वीर’ सार्वजनिक भएको छ ।

निरा खातीको शब्द रचना, डिबि लामाको संगीत रहेको ‘कोरेको छु तिम्रो तस्वीर’ बोलको गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् । भिडियोलाई ओएस्आर डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

सो ‘कोरेको छु तिम्रो तस्वीर’ बोलको गीतको म्युजिक भिडियोमा एड्भेन्चर स्टार गौतम खाती र प्रियंका कार्की अभिनय गरेका छन् । नयाँ दुलाहा दुलहीको वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध कसरी सुमधुर बन्दै जान्छ भन्ने कुरालाई भिडियोमा देखाउन खोजिएको छ ।

सो गीतको म्युजिक भिडियोको निर्देशन निर्देशक सुब्रतराज आचार्यले गरेका छन् । काठमाडौंको बुढानिलकण्ठ क्षेत्रमा छायांकन गरिएको ‘कोरेको छु तिम्रो तस्वीर’ लाई उत्सव दाहालको छांयाकन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...