बुधबार मन्त्रिमण्डल फेरफेर गर्ने ओलीको तयारी, को को फेरिएलान त वर्तमान मन्त्रीहरु ?

Mantri mandal

काठमाडौं । अहिले दुई तिहाईको सरकार छ । दुईतिहाईको सरकार हुँदा हुँदै पनि प्रधानमन्त्री केपी ओली केही मन्त्रीप्रति सन्तुष्ट छैनन् । आफुले भनेजस्तो काम नगरेको र सरकारकै बदनाम नै भएको भन्दै केही महिनादेखि नै मन्त्रीहरु फेरबदल गर्न ओली तम्सिएका थिए ।

तर, अहिले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । सम्भवतः प्रधानमन्त्री ओलीले मंगलबार नै केही मन्त्रीहरु हेरफेर गर्दैछन् । त्यसका लागि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शसमेत गरिसकेका छन् । दाहालले पनि मन्त्री हेरफेर गर्न सहमति दिइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि मन्त्रिमण्डल हेरफेरको तयारी छ । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने अनुमान गरिएको छ ।

मन्त्री फेरफेर गरिदाँ प्रतिनिधिसभाको उपसभामुख शिवमाया तुम्बाहाङफे पर्ने निश्चितझै भइसकेको छ । ओलीले सोमबार नै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनिसकेका छन् ।

स्रोतका अनुसार मात्रृका यादव, जगतबहादुर सुनार, लालबाबु पण्डित, विना मगर, रघुविर महासेठ लगायत फेरिने सम्भावना धेरै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...