ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना संक्रमण पुष्टि

1010853098 800x440

एजेन्सी । बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनको परिवारमा कोरोना संक्रमण देखिएको छ । अमिताभसँगै उनकी श्रीमती जया बच्चन, बुहारी ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएको पाइएको छ ।

यसअघि शनिबार अमिताभ र उनका छोरा अभिषेकमा  कोरोना संक्रमण देखिएको थियो । बच्चनको परिवारका सदस्यमा कोरोना भेटिएपछि घर सिल गरिएको छ भने कोरोना पोजेटिभ देखिएका सदस्यलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

कोरोना बाट संक्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचाररत छन् । अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दुवैजना नानावती अस्पतालको आइसोलेशनमा छन् ।
 

 
 

 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...