हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो

Buddha air

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ । हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम   एक हजार १०५ देखि न्यूनतम  २२५ सम्म भाडादर घटाएको कम्पनीले उल्लेख गरेको छ । सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको छ । नेपाल आयल निगमले गत अप्रिल १  तारिखदेखि हवाई इन्धनको मूल्यमा  १५ घटाएको थियो ।

त्यस्तै बजेटमार्फत सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर बापतको रु १० पनि छुटको घोषणा गरेको थियो । बुद्धको माउन्टेन उडानमा  ८६० घटेर दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भरतपुर जम्मा ६९५ बनाइएको छ । यो गन्तव्यमा  २७० घटेको छ । त्यस्तै काठमाडौँ–पोखरा   ३९५ घटेर एक हजार ३० बनाइएको छ ।

काठमाडौँ–विराटनगर साविकको भाडामा  ६०० घटाई एक हजार ५६० कायम गरिएको छ । काठमाडौँ–धनगढीमा  एक हजार १०५ घटेर जम्मा   दुई हजार ८७० भएको छ भने नेपालगञ्ज गन्तब्यमा  ८१५ घटेर दुई हजार ११५ बनाइएको कम्पनीले जनाएको छ । यसैबीच जुन १ तारिखदेखि प्रमुख पर्यटकीय गन्तव्य काठमाडौदेखि पोखरा र चितवन आसपासका गन्तव्यको बजारीकरणको योजनामा जुटेको बुद्ध एयरले बन्दाबन्दी खुल्नासाथ उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको मार्ग निर्देशनअनुसार बुद्धले ‘सुरक्षा निर्देशिका’ बनाएको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी जहाजको विशेष सरसफाइ, ¥याम्प बस, कार्गो, ट्रली, विभिन्न काउन्टर तथा कार्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने उल्लेख छ । उक्त निर्देशिका अनुसार आफ्ना कर्मचारीलाई आगामी सातादेखि तालिम प्रदान गर्ने बुद्धले विज्ञप्तिमार्फत जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...