आइतबारदेखि सबै बैंक तथा बित्तिय संस्था खुल्ने

Nepal rastra bank

काठमाडौं । लकडाउनका कारण लामो समय बन्द रहेका बैंक तथा वित्तीय संस्थाह्रका सबै शाखाहरु आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् ।

चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २र३ घण्टा मात्र सेवा दिइरहेका थिए । लकडाउनको अवधिमा खुलेका बैंकका शाखामा पनि निकै न्यून मात्र ग्राहक आउने गरेका थिए ।

नेपाल राष्ट्र बैंकले एकतिहाइ कर्मचारीबाट मात्र सेवा सञ्चालन गर्नुपर्ने, आपसी दूरी कायम गर्ने, घरबाटै काम गर्ने, आलोपालो लगाउनुपर्नेलगायत विकल्प अपनाउन पनि राष्ट्र बैंकले सुझाएको छ । सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

‘बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा अवलम्बन गर्ने,’ निर्देशनमा भनिएको छ ।

बैंकिङ सेवा प्रवाह गर्न आवश्यक सवारीसाधनको हकमा सम्बन्धित संस्थामा रहेका सवारीसाधन बढीमा २५ प्रतिशत मात्र चलाउन पनि भनिएको छ । त्यसका लागि सम्बन्धित बैंकको केन्द्रीय कार्यालयले पास उपलब्ध गराउनुपर्नेछ । जसमा सवारी नम्बर, सवारी उपयोग गर्नेको नाम, जानु–आउनुपर्ने स्थान तथा समय तोक्नुपर्नेछ ।

पूर्वसावधानी अपनाएर मात्र बैंक खुल्ने बैंकर्स संघले बताएको छ । सरकारको निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाएर एकतिहाइ कर्मचारीबाटै बैंक सञ्चालन गरिने संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

सरकारले उत्पादनमूलक उद्योग व्यवसाय सञ्चालन अनुमति दिएकाले बैंकिङ कारोबार बिस्तारै बढ्ने संघको भनाइ छ । सबै शाखा आइतबारदेखि खुले पनि लकडाउनका कारण ग्राहकको सहज आवतजावत नहुने भएकाले कारोबार धेरै नहुने बैंकरहरुको अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...