गुठी विधेयक: प्रधानमन्त्रीले आज संसद बैठकमा विशेष सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील  प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालय श्रोतले बताएकोछ ।

संसद बैठक बिहान ११ बजे बस्दै छ । चर्केको गुठी आन्दोलनका विषयमा सोमबार प्रधानमन्त्री ओलीले भूमि सुधार मन्त्री पद्मा अर्यालसहित काठमाडौँका जनप्रतिनिधिहरुसँग दिनभर विभिन्न चरणमा छलफल गरेका थिए ।

छलफलमा गुठी विधेयकबारे मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बताएका प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्न लागेका हुन् ।

यो विधेयकका विरुद्ध आन्दोलनमा रहेका गुठीयारहरुले भोलि ९बुधबार० काठमाडौँमा विशाल विरोध प्रदर्शनको घोषणा गरेका छन् । त्यसको अघिल्लो दिन प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...