प्रधानमन्त्रीको भ्रमण: नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल

काठमाडौं । एकसाता युरोप भ्रमणमा रहेका  प्रधानमन्त्री ओली यति बेला फ्रान्सभ्रमणमा छन् । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्।   

भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  भेटमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गरे। फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपले नेपालले संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा खेलेको भूमिको प्रशंसा गरेको सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। 

साथै प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिर्वतनको असरबाट जोखिमा रहेको चर्चा गर्दै जयवायु परिवर्तनको असर कम गर्ने विषयमा फ्रान्सले खेलेको भूमिकाको प्रशंसा गरे।  त्यस्तै ओलीले फ्रान्सेली समकक्षीलाई भ्रणको निम्तो दिएको आफू उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिएको परराष्ट्र मन्त्रलायले जनाएको छ। 

प्रधानमन्त्रीले  पेरिसमा रहेको नेशनल म्युजियम अफ एशियन आर्टको पनि भ्रमण गरेका थिए। सो संग्रहालयमा नेपालबाट हराएका दुईवटा मूर्ति रहेको र त्यसलाई संग्रहालयले प्रदर्शनीबाट हटाएर नेपाललाई फिर्ता गर्न चाहेको संग्रहालयका अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।  उनीहरूले ती मूर्ति फिर्ता गर्न केही कानुनी समस्या भएको र सो समाधान गरी छिट्टै फिर्ता पठाउने बताएका थिए। 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...