मेरो नेतृत्वमा भएको दश वर्षे जनयुद्धले देशमा आर्थिक समृद्धिको बाटो खोल्योः अध्यक्ष प्रचण्ड

विकास हुनको लागि कि ठूलो प्राकृतिक क्षति कि मानवीय द्वन्द्व हुन आवश्यक छ’

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  दश वर्षे जनयुद्धले देशमा आर्थिक समृद्धिको बाटो खोलेको बताएका छन् । बलेफि गाउँपालिका ५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तातन्त्ररण कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए ।

दश वर्षे जनयुद्धपछि मात्रै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दावी गरे । कुनै पनि ठाउँको विकास हुनको लागि कि ठूलो प्राकृतिक क्षति कि मानवीय द्वन्द्व हुन आवश्यक छ’ उनले भने, ‘त्यसैले गर्दा नेपालमा अहिले आर्थिक समृद्धिको बाटोमा लागेको छ ।’

जनयुद्धको जग सिन्धुपाल्चोकमा भूकम्पले तहसनहस पारेको बेलालाई सम्झदै अब सिन्धुवासीमा मात्रै नभएर सिंगो नेपाल समृद्धको बाटोमा लागेको बताए । ठूलो प्रकोप र द्वन्द्वपछि नै विकशित मुलुक समृद्ध बनेको उदाहरण जापानलाई दिँर्दै नेपालमा पनि नयाँ संस्कारको साथमा विकास गति दिएको उल्लेख गरे ।

‘नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो’ उनले भने,‘राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ ।’ भूकम्पले अन्य देशहरूसँग पनि भाइचाराको विकास भएको बताए ।

२०७२ सालमा भूकम्प नगएको भए पनि नेपालको संविधान निर्माण नहुने दावी गरे । आफू सरकारको प्रतिपक्ष दलको प्रमुख हुँदा पनि संविधान निर्माणको लागि नायकको भूमिक निर्वाह गरेको बताए । सिन्धुपाल्चोकसँग आफू विभिन्न ठाउँबाट नजिक रहेको हुनाले यहाँको विकासको लागि आफूले सक्दो सहयोग गर्ने उद्घोष गरे । 

प्रतिकृया दिनुहोस