ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

मन्त्रालयगत बजेटमा छलफल जारी

काठमाडौं । ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । मन्त्रालयगत बजेट शीर्षकमा छलफल भएपनि सांसदहरुको भनाई लोकसेवा आयोगको विज्ञापन र गुठीका विषयमा केन्द्रीत देखिएको छ ।

स्थानीय तहका लागि लोकसेवा आयोगले आह्वान गरेको नौ हजार एक सय ६१ कर्मचारीको विज्ञापन खारेज र त्यसलाई कायम राख्नुपर्ने विषयमा सत्तापक्षका सांसदबीचमा नै मत बाझिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन फिर्ता लिन निर्देशन दिएपछि सहि र गलतको पक्षमा बहस हुँदै आएको छ ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई सोमबार निर्देशन दिएको थियो । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रतिकृया दिनुहोस