मिडिया काउन्सिल विधेयक परिमार्जन हुँदैन: रक्षामन्त्री पोखरेल

विराटनगर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले मिडिया काउन्सिल विधेयक परिमार्जन नहुने बताएका छन् । विराटनगरमा आज पत्रकारसँगको कुराकानीमा उनले विधिसम्मत ढंगले संसदमा प्रस्तुत भइसकेको काउन्सिल विधेयकमा छलफल हुने र त्यस क्रममा महत्वपूर्ण सुझाव आए समावेश हुनसक्ने बताएका हुन् । 

यस्तै उपप्रधानमन्त्री पोखरेलले लोकसेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया संवैधानिक भएको बताए । एउटा संवैधानिक अंगले संविधानमा व्यवस्था गरिए अनुरुप गरिएको कामप्रति सरकारले अनुचित ढंगले हस्तक्षेप गर्न आवश्यक नहुने उनले बताए । 

उपप्रधानमन्त्री पोखरेलले फरक प्रसंगमा एमाले र माओवादी एकीकरण प्रक्रियामा भएका ५ बुंदे सहमति र त्यसमा भएको आलोपालो सरकारको नेतृत्वको विषयमा औपचारिक रुपमा छलफल नभएको बताए । 


प्रतिकृया दिनुहोस