संघीय संसदका दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दै

विनियोजन विधेयकमाथि छलफल केन्द्रित

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । दुवै बैठक विहान ११ बजेपछि छुट्टा छुट्टै बस्नेगरी बोलाइएको छ । 

प्रतिनिधि सभाको बैठकमा आजबाट विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । 

विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि छुट्याइएको बजेटका बारेमा छलफल हुने भएको हो । 

बैठकमा विभिन्न सांसदहरुले “विनियोजन विधेयक, २०७६ अन्र्तगत विभिन्न मन्त्रालयका लागि छुट्याइएको खर्च रकम खटाउने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने भएको छ । राष्ट्रिय सभा बैठकमा भने आज पनि बार्षिक अनुमान माथि छलफल हुने कार्यतालिका रहेको छ । 


प्रतिकृया दिनुहोस