आईसीसी विश्व कप क्रिटेमा आज भारत र अस्ट्रेलियबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी । आईसीसी विश्व कप क्रिकेटमा आज भारत र अस्ट्रेलियबीच खेल हुँदैछ । केनिङटनको ओभलमा हुने यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजेटबा सुरु हुने छ । निकै रोमाञ्चक मानिएको आजको खेल भारत र अस्ट्रेलियाका लागि पनि महत्वपूण हुनेछ ।

विश्व कप क्रिकेटमा अहिले सम्म यी दुवै टोली ११ पटक आमने सामने भएका छन् । जसमा भारतले मात्र ३ खेलमा जित हात पारेको छ भने अस्ट्रेलियाले ८ खेलमा जित हात पारेको छ । केनिङटनको ओभलमा २० वर्षपछि दुवै टोली फेरि एक साथ मैदान उत्रने छन् । यसअघि गयराति सम्पन्न खेलमा न्यूजिल्याण्ड र इंगल्याण्डले जित पारेको छ ।

सोफिया गार्डेन्समा भएको पहिलो खेलमा आयोजक इंगल्याण्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनाएको थियो । ३ सय ८७ रनको लक्ष्य पाएको बंगलादेश ७ बल बाँकी रहँदै सबै विकेट गुमाएर २ सय ८० रन मात्र बनाउन सक्यो ।

  


प्रतिकृया दिनुहोस