कहिल्यै नथाक्ने दलित आन्दोलनका यी आजीवन जुझारु योद्धा

‘वर्ष ७६, जोस जाँगर युवाकै सरहको जोस छ उनीमा’

काठमाडौं । नेपाली दलित आन्दोलनको एउटा अथक योद्धा हुन् तिलक परियार । परियारको नाम नेपालको जनयुद्ध र दलित आन्दोलनसँग एकसाथ गाँसिएर आउँछ । 

दलित आन्दोलनको पर्याय मानिएका परियारले जेठ २१ मा छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १३ वर्ष भएको अवसरका आयोजित कार्यक्रममा प्रतिष्ठित पुरस्कार पाए । अमेरिकी नागरिक एभा कसेलको नामबाट स्थापना गरिएको ‘इभा कसेल सामाजिक न्याय पुरस्कार’ पाउने दोस्रो व्यक्ति हुन् । 

यसअघि पहिलोपटक वादी आन्दोलनकी अगुवा उमादेवी वादीले पाएकी थिइन् । दलित महिला केन्द्रले अघिल्लो वर्षदेखि ‘इभा कसेल सामाजिक न्याय पुरस्कार’ प्रदान गर्न थालेको थियो । यो वर्ष दलित आन्दोलनमा उच्च योगदान दिएको भन्दै पुरस्कार छनौट समितिले परियारलाई नै रोज्यो । किनकी उनी ७५ वर्षको उमेरसम्म पनि निरन्तर आन्दोलनमा लागेका छन् । 

उमेर जति बित्दै गएको छ, त्यति नै उनमा उत्साह बढ्दै गएको छ । शक्ति भरिँदै गएको छ । अर्थात् उमेरको हिसावमा उनी अहिले ७६ वर्ष पुगे । तर, उनी आन्दोलनका हिसावमा लक्का जवान जस्ता देखिन्छन् । उनको आँखाले हरवखत परिर्वतनका लागि आन्दोलनको विकल्प देख्दैन ।

उनी रोल्पाको सदरमुकाम लिबाङमा विसं. २००० कात्तिक १५ मा जन्मिए । रोल्पालाई तत्कालिन माओवादीले थालेको जनयुद्धको उद्गम थलोको रूपमा स्थापित छ । त्यही भएर पनि उनी माओवादीमा पनि लागे । सभासद पनि बने । 

उनका बुबा हसतबहादुर परियारले कपडा सिलाइ, डकर्मी र सिकर्मी तथा बाँसका डोको नाङ्लो बुन्ने काम गर्थे । आमा भक्तिदेवी घरधन्दा र खेतीपातीको काम गर्थिन् । यति धेरै काम जान्ने र अति परिश्रम गर्ने हुँदाहँुदै पनि उनका बुबाआमालाई ठूलो परिवारको भरणपोषण गर्न निकै सकस हुन्थ्यो । किनकी परियार नै आठौँ सन्तानमध्ये चौँथो सन्तान हुन् ।

तिलक परियारको प्रारम्भिक शिक्षा आफ्नै गाउँका साहिँला मुखियाको घरबाट भएको थियो । बालीघरे प्रथाअनुसार मालिकको परिवारजनको कपडा सिलाए बापत उधौली र उभौली मौसम बाली लिने चलन थियो । तिलकका बुबाले त्यही बाली नलिने र साहिँला मुखियाले उनलाई पढाइदिने सहमति भएको थियो । 

एक वर्ष साहिँला मुखियाको घरमा पढेपछि मात्र उनले गाउँको बालकल्याण प्राथमिक विद्यालयमा पढ्न भर्ना भए । पढाइमा तेज भएकाले होला, तिलकलाई शिक्षकले राम्रो मान्दथे । त्यतिबेला पनि आफ्ना साथीभाइले कहिल्यै भेदभाव गरेको महसुस भएन उनलाई । तर हेडमास्टरले भने उनलाई अन्य विद्यार्थीलाई भन्दा छुट्टै खालको व्यवहार र भेदभाव गर्दथे । त्यस्तो व्यवहार देख्दा उनी खिन्न हुने गर्दथे । 

उनी स्कुलको पढाइ जारी रहेकै बेला घरसल्लाहसमेत नगरी २०१३ सालमा माहिला दाइ गनबहादुरको पछि लागेर हिमाञ्चल प्रदेश पुगे । दाइले उनलाई त्यहीँको सावडा बजारमा अवस्थित उच्च माध्यमिक विद्यालयमा पढाए । दाइको छत्रछायाँमा पढ्न पाउँदा तिलकलाई पढाइमा खासै समस्या भएन । 

उनले भारतमै कक्षा १० सम्म राम्ररी पढे । २०१९ सालमा १० कक्षा पास गरी उनी नेपाल फर्किए । त्यसको लगत्तै उनी दाइसँग पुनः भारततिरै लागे । उनले हरियाणा फरिदाबाद टाउनसीपमा गेडोर टुल्ज कम्पनीमा जागिर खाए । जागिर खाँदै उनले आदर्श स्कुलमा अध्ययन पनि गरे । यही क्रममा पञ्जाब युनिभर्र्सिटी, चण्डीगढ अन्तर्गतको बोर्डबाट मेट्रिकुलेसन (११ कक्षा सरह) तह पास गरे । 

दलित आन्दोलनको यात्रा

नेपाली कम्युनिस्ट आन्दोलनमा २०२१ देखि जोडिए पनि उनी दलित मुक्ति आन्दोलनमा केही समयपछि जोडिएको थिए । २०२९ सालमा काठमाडौंमा भएको ‘दलित जनविकास परिषद्’ को पहिलो राष्ट्रिय सम्मेलनमा उनी पर्यवेक्षकका रूपमा सहभागी भएका थिए ।

त्यतिबेलासम्म नेपाली दलित आन्दोलनका अगुवाहरूले वैचारिक, राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक सवालमा छलफल नै गरेनन्, बरु कुन पदमा को रहने भन्ने छलफल मात्रै भयो । 

नेपालमा २०२४ सालदेखि अछूत भनी हेपिएका समुदायले आफूलाई दलित पहिचानका आधारमा सम्बोधन गर्न थालेको थियो । भारतमा त्यसअघि नै यही नयाँ पहिचानका साथ दलितहरू संघर्षरत थिए ।

अध्ययनसँगै जागिर र राजनीति 

तिलक परियारले बनारसमा बसेर उच्च शिक्षा अध्ययन गरे । उनी उत्तर प्रदेशबोर्डबाट आइएको परीक्षा दिने तयारी गर्दै थिए । त्यसै क्रममा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का पीबीएम (पोलिटब्युरो सदस्य) को पदमा रहेका बिटी रणदिवेसँग उनको सम्पर्क भयो । 

२०२१ सालमा भारतका कम्युनिस्ट नेता रणदिवेको माध्यमबाट नेपालका कम्युनिस्ट नेता क. पुष्पलालसित पहिलो पटक उनको सम्पर्क र परिचय भयो । पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका एक संस्थापक थिए भने उनको नेतृत्वमा क्रियाशील रहेको थियो नेपाल कम्युनिस्ट पार्टी । संगत बढेपछि पुष्पलालको माक्र्सवादी विचारबाट, जीवन र व्यवहारबाट, उनको प्रशिक्षणबाट तिलक निकै प्रभावित भए ।

केही महिनाको छलफलपछि उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता फाराम भरे । फाराम भरेको ६ महिना लगत्तै पुष्पलालकै हातबाट उनले पार्टी सदस्यता प्राप्त गर्ने अवसर पाए । त्यतिबेलादेखि नै उनी कम्युनिस्ट सिद्धान्त र राजनीतिप्रति निष्ठावान् रहँदै क्रियाशील भइरहे । 

बनारसबाट आइए पास गरेपछि उनी २०२२ सालमा नेपाल फर्केर आए । त्यसपछि उनी रोल्पाको जेलबाङ गाउँ पञ्चायतको वडा नम्बर २, पुराना गाउँमा रहेको नेपाल राष्ट्रिय प्रावि स्कुलको प्रधानाध्यापक भए । केही समय प्रधानाध्यापक भएपछि उनको जीवनमा नयाँ अवसर आयो ।

उनी पुष्पलालको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीको सम्पर्कमै थिए । २०२५ सालमा त्यस पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन गोरखपुरमा भयो । त्यस सम्मेलनमा उनले पनि सहभागी बने । त्यसपछि राष्ट्रिय सम्मेलनमा भाग लिने र नेतृत्वमा बस्ने क्रम जारी रहेको छ । 

२०२७ सालमा नेपाल फर्किएर उनले लिबाङको बालकल्याण माविमा केही महिना स्वयम्सेवकका रूपमा अध्यापन गरे । बी.ए.को पढाइ नसकिएकोले उनी अर्को वर्ष माहिला दाजुसँगै पुनः भारततिर लागे ।

जनयुद्धका यात्री 

बीस र तीसको दशकमा नेपालको कम्युनिस्ट पार्टी अनेक धारमा बाँडिएको थियो । पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहको नेतृत्वमा नेकपाको चौँथो महाधिवेशन सम्पन्न भएको थियो । त्यसको लगत्तै चौमका नेता खम्बासिह (काजी बा) सँग उनको सम्पर्क भयो । २०३२ चैत्रमा फरिदाबादको होलिडे इन होटेलको कर्मचारी क्वार्टरमा मोहनविक्रम सिंहसँग दुई घण्टासम्म छलफल भएपछि उनी नेकपा चौमसँग आबद्ध भए । 

२०३३ सालमा दिल्ली–फरिदाबाद जिल्ला सङ्गठन समिति उनको नेतृत्वमा गठन भयो । त्यस समितिलाई २०३५ सालमा विस्तार गरियो । तत्कालीन जिल्ला सदस्य थिए पदम राना, मानबहादुर बोगटी, पूर्णसिह थापा, प्रेमबहादुर थापा, राजु नेपाली, विष्णुहरि शर्मा, जंगबहादुर क्षेत्री, भेषराज भुसाल, लीलानाथ कुसुम, इन्द्रबहादुर थापा र डीलाराम आचार्य ।

२०३५ सालमा तिलक परियारमार्फत् नेकपा चौमले अन्य भारतीय सहरमा सङ्गठन विस्तार ग¥यो । त्यसलाई बलियो बनाउन चौमले दिल्लीबाट ‘नेपाली पत्रिका’ निकाल्ने प्रयास गर्न थाल्यो । त्यस पत्रिकाको संरक्षक पार्टीका निर्मल लामा भए ।

एकदिन उनी र पदम राना पत्रिका विक्रीका लागि दिल्लीको नेहरू प्लेस, ग्रीनहिल पार्क पुगे । त्यहाँ अखिल भारतीय नेपाली विद्यार्थी सङ्घ (अभानेविसंघ), दिल्ली शाखाको सम्मेलन भइरहेको थियो । सम्मेलन स्थलमा पुग्दा त्यहाँ योगी नरहरिनाथ र भारतका तत्कालीन रक्षामन्त्री जगजीवन राम उद्घाटन गर्न आएका रहेछन् । त्यहाँ खटिएका मण्डले, कुण्डले र सुराकीहरूले उनीहरूले लगेका सबै पत्रिका खोसेर उनीहरूलाई पनि पिटे । 

त्यसै क्रममा अभानेविसङ्घमा आबद्ध बाबुराम भट्टराईसित उनको पहिलो भेटघाट र चिनाजानी भयो । त्यसपछि दिल्लीमा अध्ययनरत विद्यार्थीबीच उनलाई पार्टी र सामाजिक संगठन विस्तार गर्न सहज भयो ।

त्यतिबेला मोहनविक्रम सिंहले तिलकलाई भनेका थिए, ‘तिलकजी, तपाईंले बाबुरामलाई सदस्यताका लागि सिफारिस गर्न हतार गर्नुभयो । यो मान्छे कम्युनिस्ट बन्दैन, धेरै भए गणतन्त्रवादीसम्म बन्छ कि ?’ सिंहका कुरा उनी अहिले पनि झल्झली सम्झन्छन् । र, याद गर्छन्, बाबुराम र हिसिलाबीच भएको बिहेको घटना पनि । २०३८ सालमा दिल्लीको मोडेल टाउनमा भारतीय लेखक, अध्येता र कलाकार समशुल इस्लामको घरमा उनीहरूबीच बिहे भएको थियो । पार्टीको आयोजनामा गरिएको उनीहरूको जनवादी विवाहका प्रमुख अतिथि थिए स्वामी अग्निवेश । 

नेकपा चौमको फूटपछि बनेको नेकपा (मसाल) मा पनि आन्तरिक द्वन्द्व चर्कियो । उनले शुरुमा मसाललाई समर्थन गरे पनि त्यसको विभाजनपछि बनेको नेकपा मशाललाई सघाए । त्यही मशाल, चौम र सर्वहारावादी श्रमिक संगठन मिलेर २०४७ सालमा बनेको नेकपा (एकताकेन्द्र) हुँदै उनी पनि अगाडि बढे । एकताकेन्द्रको फुटपछि स्थापना गरिएको नेकपा (माओवादी) मा आबद्ध भएर उनी जनयुद्धमा सहभागी भए । 

उनको राजनीतिक यात्रा धेरै लामो छ । १ फागुन २०५२ देखि माओवादीले जनयुद्धको शुरुवात गरेपछि उनी त्यतै लागे । उनी त्यतिबेलासम्म पार्टीको वैधानिक मोर्चा : संयुक्त जनमोर्चा, नेपालको केन्द्रीय सदस्य भइसकेका थिए । जनमोर्चाले २४ चैत्र २०५४ मा राखेको ‘नेपाल बन्द’ को क्रममा कोणसभालाई सम्बोधन गर्दैगर्दा उनी समातिए । बाँकेको कोहलपुरबाट गिरफ्तार गरी उनलाई सिधै जेल चलान गरियो । 

उनलाई शुरुमा नेपालगन्ज कारागारमा राखियो । पछि ३÷३ महिनामा जेल सरुवा गर्दै विभिन्न कारागारमा हालियो । उनलाई बर्दिया कारागारदेखि दाङ कारागार, भैरहवा कारागार, पाल्पा कारागार, केन्द्रीय कारागार काठमाडौँमा समेत राखियो । विभिन्न कारागारमा गरी उनले ३ वर्ष ४ महिनाको जेलजीवन भोगे । 

त्यसबीचमा उनलाई मानसिक यातना दिन लुम्बिनीको जंगलमा पनि लगिएको थियो । १४ साउण २०५८ मा जनमुक्ति सेनाले होलेरीमा कब्जा गरेका प्रहरीसित सट्टा–भर्ना गर्ने क्रममा बर्दिया कारागारबाट उनीसहित ऋषि घिमिरे र बलराम काफ्लेलाई रिहा गरियो । आफ्नो राजनीतिक जीवनमा पञ्चायतकालदेखि जेल बस्ने क्रममा उनी २५ पटक जति हिरासतमा बसे ।

दलित मुक्ति आन्दोलनमा सहभागिता 

तिलक परियारले पनि कम्युनिस्ट पार्टीभित्र लामो समयदेखि दलित अधिकारको आवाज उठाए । २०४८ सालमा नेकपा (एकताकेन्द्र)को एकता महाधिवेशनपश्चात् मात्र पार्टीले दलित संगठनको आवश्यकता महसुस ग¥यो । त्यसपछि निष्क्रिय अवस्थामा रहेको दलित जनविकास परिषद्लाई क्रियाशील बनाउनतिर उनीसहितको एउटा टिम लाग्यो । 

मिठाइदेवी विश्वकर्मा, पदम सुन्दास, रणेन्द्र बराली, ओमप्रकाश रामदाम, टीकामान परियार, प्रेम नेपाली, विश्वभक्त दुलाल (आहुति) र तिलक परियारलगायतका अगुवाको बैठक राखियो । त्यस बैठकले दलित आन्दोलनलाई एकजुट बनाउने योजना र कार्यक्रम बनायो । 

गोल्छे त्यतिबेला राष्ट्रियसभाका सदस्य थिए । पछि गोल्छे सार्कीसँगै पद्मलाल विश्वकर्मा, आहुति, तिलक परियार, प्रेम नेपाली लगायतका बीचमा लामै छलफलपश्चात् एकताका लागि सहमति जुट्यो । जातीय समता समाज, उत्पीडित जातीय उत्थान मञ्च र दलित जनविकास परिषद्बीच ७ चैत्र २०४९ मा चितवनमा एकता भेला सम्पन्न भयो । त्यही भेलाबाट ‘नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज’ नामक संगठनको स्थापना भयो । भेलाले पद्मलाल विश्वकर्मालाई अध्यक्ष र आहुतिलाई महासचिवमा निर्वाचित ग¥यो भने तिलक परियारलाई केन्द्रीय सदस्य बनायो । २०५१ सालमा मुक्ति समाजको बुटवलमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा पनि उनी पुनः केन्द्रीय सदस्य भए । 

२०५२ सालदेखि थालनी भएको जनयुद्धको दौरानमा राज्यले दलित समुदायमाथि अमानवीय दमन र हत्या गर्न थाल्यो । मुक्ति समाज विभिन्न राजनीतिक विचार बोक्नेहरुको मात्रै होइन, सत्ताको राजनीति गरेका र युद्ध गरिरहेका दलहरूसँग जोडिएका सङ्गठनहरूको पनि साझा थलो थियो । त्यसैले युद्धका बेला दलित समुदाय र माओवादी विद्रोहीहरूमाथि राज्यद्वारा गरिएका दमनविरुद्ध मुक्ति समाजले एकमतले बोल्नै सकेन । त्यही कारण माओवादी पार्टीले आन्तरिक मोर्चाको आवश्यकता अनुभूत ग¥यो । त्यसै क्रममा तिलक परियारको नेतृत्वमा ७ चैत्र २०५३ मा चितवनमा राष्ट्रिय भेला गरियो र नेपाल दलित मुक्ति मोर्चा नामक संगठन निर्माण गरियो । जनयुद्धमा दलितको सहभागिता बढाउनमा योगदान दिएको मोर्चाको भूमिका इतिहासमा कोसेढुंगा सावित भयो ।

२०५४ चैत्रदेखि २०५८ श्रावणसम्म ३ वर्ष ४ महिनासम्म तिलक परियार जेलमा परे । जेल मुक्त भएको केही महिनापछि २६–२७ कार्तिक २०५८ मा चितवनमा नेपाल दलित मुक्ति मोर्चाको अर्काे राष्ट्रिय भेला सम्पन्न भयो । सो भेलाले तिलक परियार अध्यक्ष, थमन परियार र सन्तोषी वि.क. उपाध्यक्ष, प्रेम बराइली महासचिव, परशुराम रम्तेल सचिव र तेजबहादुर मिजार कोषाध्यक्ष रहेको १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित ग¥यो । सरकार र माओवादीबीच भएको पहिलो वार्ताकालमा रोल्पामा भएको संयुक्त क्रान्तिकारी जनपरिषद्को राष्ट्रिय भेलाबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । 

२०६२ पुसमा रोल्पा जिल्लाको ओत गाविसको बाँगेतालमा सङ्कटकालकै बीच दलित मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनले पनि तिलक परियारलाई नै अध्यक्ष बनायो भने पर्शुराम रम्तेललाई महासचिवमा निर्वाचित ग¥यो । सम्मेलनले नेपाली दलित मुक्ति आन्दोलनको नयाँ ढङ्गले संश्लेषण गर्दै दलित आन्दोलनमा विशेषाधिकारको नीति पारित ग¥यो । 

२०६३ सालमा उनी अन्तरिम व्यवस्थापिका संसद् सदस्य भए । उनले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि निरन्तरता पाए । उनी बाँके जिल्लाको क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत अत्यधिक मत ल्याएर नेकपा (माओवादी)को तर्फबाट संविधानसभाको सदस्यमा निर्वाचित भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...