प्रधानमन्त्री कप: उपाधिका लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने फाइनलमा खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

यस अघिका दुबै संस्करणको उपाधि आर्मी र पुलिसले एकल उपाधि उचाल्न सकेको छैन । आजको खेलमा भने आर्मी र पुलिस एकल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तुलनात्मक रुपमा दुबै टोलीको प्रदर्शन समान छ । आर्मी भर्खरै सुर्खेतमा सम्पन्न पीएम कपको उपाधि उचालेको छ ।

प्रतियोगिताको विजेताले २० लाख प्रप्त गर्दा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...