जनमुक्ति पार्टीको एक दिने प्रशिक्षण दमौलीमा सम्पन्न

तनहुँ । तनहुँको दमौलीमा राष्ट्रिय जनमुक्ति पार्टी तमुवान–मगराँत (गण्डकी) कमिटीले एक दिने प्रशिक्षण सम्पन्न गरेको छ ।

प्रदेश अध्यक्ष मन्धरी आलेको सभापतित्वमा भएको सो कार्यक्रममा संघीय परिषद् उपाध्यक्ष हस्तबहादुर थापा, उपमहासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियार, संगठन विभाग उप प्रमुख केबी पुन लगायतले प्रशिक्षण दिएका थिए ।  

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रव्यापी भ्रष्टाचार विरोधी अभियान र हस्ताक्षर संकलन सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा आगामी कार्यक्रमबारे जानकारी गराउने उदेश्यले दमौलीमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो । 

कार्यक्रममा महासचिव केशव सूर्यवंशीले भ्रष्टाचार मुलुकको प्रमुख समस्याको रुपमा रहेको बताउँदै अभियान नरोकिने बताए । 

प्रचार विभाग प्रमुख परियारले पछिल्लो समय निर्वाचन प्रणाली महंगो बन्दै गएकाले भ्रष्टाचार पनि त्यति नै मौलाउँदै गएको बताए । पूर्ण समानुपातिक समावेशीकरण, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको तर्क छ । उनले भ्रष्टाचारविरुद्ध कडा दण्ड सजायको व्यवस्था गर्न कानुनको निर्माण तथा कार्यान्वयनमा जोड दिए । 

९५ जना अगुवा कार्यकर्ताको उपस्थिति रहेको बन्द प्रशिक्षण कार्यक्रममा पार्टीको नीति, रणनीति र कार्ययोजनाका विषयमा गम्भीरतापूर्वक छलफल, अनुभव आदानप्रदान भएको थियोे । 

जनमुक्ति पार्टीले असार महिनाभरी केन्द्रीय राजधानी काठमाडौं र जिल्लास्तरसम्म भ्रष्टाचार विराधी अभियान र हस्ताक्षर संकलन कार्य जारी राख्ने जनाएको छ । गत निर्वाचनमा करिब १ करोड मतदाता रहेको आधारलाई टेकेर सोही संख्मा हस्ताक्षर संकलन गरी राष्ट्रलाई दवाव दिने जनाएको छ । 

प्रतिकृया दिनुहोस