गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटी गठन ओली युरोपबाट फर्केपछि

काठमाडौं । गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटी गठन ओली युरोपबाट फर्केपछि मात्रै हुने भएको छ ।  केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न तथा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालयको आजको बैठक पनि बिना निष्कर्ष टुंगिएको हो । दुवै विषयमा आज पनि सहमति जुटेन । 

७७  वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीन दिनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष युरोप भ्रमणमा जान लागेकाले उनी फर्केपछि मात्रै यो विषयको टुंगो लाग्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओली पर्सी (जेठ २५ गते) युरोप भ्रमणमा निस्कनेछन् र जेठ अन्तिममा मात्र फर्किनेछन् । 

पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा माधवकुमार नेपाल  सहमत नभएपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ ।


प्रतिकृया दिनुहोस