विप्लवको गतिविधि विकासको वाधक भएको भन्दै एरिया इन्चार्ज रन्जितले दिए राजिनामा

राजविराज । पार्टीले लिएको ध्वंशात्मक गतिविधिको विरोध गर्दै नेत्रविक्रम चन्दु विप्लव नेतृत्वको नेकपाका एक नेताले राजिनामा दिएका छन् ।

ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि वाधक भएको भन्दै सप्तरी जिल्ला ३ नम्बर एरिया इन्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव रन्जितले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीबाट राजिनामा दिएका हुन् ।

उनले पार्टीले लिएको ध्वंशात्मक गतिविधि, पार्टीभित्रको आन्तरिक कलह र मधेश एवम् मधेशीलाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट नभएको उल्लेख गरेका छन् ।

सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल भन्ने नीतिअन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताका लागि घातकसिद्ध हुनेछ । प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, हतियार सबै समस्याको हल नभएको हुँदा आजैको मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिई स्वतन्त्र नेपाली नागरिकको रुपमा जीवनयापन गर्न चाहेको छु ।

 उनी २०७३ सालदेखि नेकपा विप्लवको ३ नम्बर एरिया इन्चार्जको रुपमा काम गर्दै आएका थिए। पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिएको घोषणा गरेका उनले अब उप्रान्त उक्त पार्टीसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहने समेत प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

रन्जितलाई चैत ११ गते र त्यसपछि पनि पटक(पटक पक्राउ गरेको थियो । पार्टी प्रतिबन्ध हुनुअघि पनि उनी टाइम बम विष्फोट गर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...