प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र पुलिस क्लबबीच प्रतिस्पर्धा

काठमाडौं । एक्सपर्ट प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार डिफेन्डिङ च्याम्पियन एपीएफ र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् ।  एपीएफ र पुलिस क्लबबीचको विजेताले उपाधिका लागि त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।


शरद भेषावकरको कप्तानीमा रहेको एपीएफले समूह चरणमा एउटा खेल हारेको थियो । एपीएफले प्रदेश ३, सुदूरपश्चिम र गण्डकीलाई हराएको थियो भने प्रदेश ५ सँग पराजित भएको थियो । जसका कारण रन रेटमा पुलिससँग पछि पर्दै समूहको उपविजेता बनेको थियो । भेषावकरको अलावा एपीएफमा आशिफ शेख, प्रदीप ऐरी, सन्दीप जोरा जस्ता राम्रा ब्याट्म्यानहरु छन् । बलिङतर्फ पनि कमलसिंह ऐरी, अविनाष बोहरा, भुवन कार्की, अमरसिंह रौटेला जस्ता प्रतिभावान खेलाडी छन् । 


पुलिस क्लब यो संस्करणमा बलियो देखिएको छ । समूह बीको विजेता पुलिसले आर्मी, प्रदेश २, प्रदेश १ र कर्णालीलाई हराएको थियो । मञ्जित श्रेष्ठको कप्तानीमा रहेको पुलिस टिममा अनिल कुमार साह, अमित श्रेष्ठ, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, आरिफ शेख, कुशल भुर्तेल छन् ।


सबै खेलाडीहरु नेपाली क्रिकेटका उत्कृष्ट खेलाडी हुन् । बलिङमा पनि ललितसिंह भण्डारी, ललित नारायण राजवंशी, सागर ढकाल जस्ता बलर छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...