बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदै, अर्थमन्त्रीले जवाफ दिने

Yubaraj khatioda

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल बिहीबार (आज) सकिँदैछ ।

आइतबारदेखि सुरु भएको छलफलमा बिहीबार केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेदेखि बोलाइएको छ ।

जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए । मंगलबारसम्म बजेटको सैद्धान्तिक पक्षमाथि एकसय भन्दा बढी सांसदहरुले बोलेका छन् ।

धारणा राख्ने क्रममा सत्ता पक्षका सांसदले बजेटको अन्धो समर्थन गरेका छन् भने विपक्षी सांसदहरुले खरो आलोचना गरेका छन् । बजेटमाथिको मन्त्रालयगत छलफल शुक्रबारदेखि गर्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस