नेकपा सचिवालय बैठक आज आज पनि बस्ने

इन्चार्ज र सहइन्चार्जको टुंगो लाग्ने संभावना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज (बिहिबार) बस्दैछ ।  बिहीबार विहान ९ बजे बस्ने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दिनदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सहइन्चार्ज कसरी बनाउने भन्नेबारे विवाद हुँदै आएको छ। अन्य जिम्मेवारी लिएकालाई पार्टीको जिम्मेवारीमा कम प्राथमिकता दिनुपर्ने भन्ने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताको अडानले विवाद जिम्मेवारी तोक्न ढिलाइ भएको हो । 

त्यसपछि आजै पार्टीका विभाग र पोलिटब्यूरो गठनबारे पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रतिकृया दिनुहोस