विश्वकप क्रिकेट: भारतको विजयी सुरुवात

एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।

साउथह्याम्पटनमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

भारतको जितमा रोहित शर्माले शतकीय इनिङ्स खेले । अविजित रहेका रोहितले १४४ बलमा १३ चौका र २ छक्कासहित १२२ रनको योगदान गरे । योसंगै रोहितले आफ्नो व्यक्तिगत २३ औं एकदिवसीय शतक पुरा गरे ।

यस्तै महेन्द्र सिंह धोनीले ३४ रन जोड्दा लोकेश राहुलले २६ रन बनाए । कप्तान विराट कोहली १८ रनमा आउट हुँदा शिखर धवन ८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्डयले अविजित १५ रन बनाए । दक्षिण अफ्रीकाका कागीसो राबडाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे । यस्तै जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान २र२ विकेट लिए ।

जितसंगै भारतले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ ।

दक्षिण अफ्रीकाले भने आफ्नो खराब प्रदर्शनलाई कायम राखेको छ । दक्षिण अफ्रीकाको यो लगातार तेस्रो हार हो । ३ खेलमा दक्षिण अफ्रीकाले अंक जोड्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...