नेकपाको सचिवालयको बैठक आज पनि बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज तोकिनेछ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा आज छलफल हुनेछ । मापदण्डका विषयमा हिजो भएको छलफलमा कुरा नमिलेपनि आज फेरि बैठक बस्न लागेको हो ।

आज दिउँसो १२ बजे फेरि बैठक बोलाइएको छ । जिल्लाकै प्राथमिकता दिँदा पनि मन्त्री–सांसद भइरहेकालाई दोहोरो जिम्मेवारी नहुने गरी तोक्नुपर्ने धारणा वरिष्ठ नेता माधव नेपालले राखेपछि हिजोको बैठकले प्रस्ताव टुंगो लगाउन सकेन । अध्यक्षहरूको प्रस्तावमा मन्त्री, सांसद भएकाहरू पनि इञ्चार्ज र सह–इञ्चार्ज तोक्नुपर्ने उल्लेख छ ।

नेपाल पक्षको विगतमा जिल्ला अध्यक्ष र प्रदेशका इञ्चार्ज तोक्दा पनि दोहोरो जिम्मेवारी हुन नहुने नेपालको अडान थियो । तर पछि दोहोरो जिम्मेवारी दिइयो । अहिले जिल्ला इञ्चार्ज तोक्दा पनि बरिष्ठ नेता नेपालको त्यही अडान आएको छ ।

आजको बैठकले सहमति गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने विषयमा पनि टुंगो लागेको छैन । त्यस्तै पोलिटब्युरो गठनको विषय पनि टुङ्ग्याउन बाँकी छ ।


प्रतिकृया दिनुहोस