नेकपाको सचिवालय बैठक बस्दै, एकता टुङ्गो लगाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । सोमबार नै सचिवालय बैठक बस्ने भनिएको भए पनि गृहकार्य नपुग्दा सोमबार बसन सकेको थिएन । 

आज बस्ने बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल हुने छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्यूरो गठन र केन्द्रीय कमिटिको कार्यविभाजनबारे आइतबार छलफल भएको थियो । आज बस्ने सचिवालयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लाग्नेछ ।

प्रतिकृया दिनुहोस